माङसेबुङ ५ मा जनमुक्तिको प्यानल नै विजयी

 लिम्बुवान न्युज
                       

दमक, १ जेष्ठ । गत २०७४ को स्थानीय चुनावमा राष्ट्रिय जनमुक्ति पार्टीले जितेको इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ मा पुनः गठबन्धनका तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीको प्यानल नै विजयी भएको छ । निवर्तमान वडाध्यक्ष नरेन्द्र कुमार राई पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

माङसेबुङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम जनमुक्तिका उम्मेद्वार राई ६ सय ९ मतान्तरका साथ विजयी भएका हुन् । अन्य सबै पदहरुमा जनमुक्तिको प्यानल नै विजयी भएको छन् ।

जम्मा मतदाता संख्या २०१९ मत रहेकोमा १२३३ मत खसेको थियो । वडाध्यक्षमा राईको प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार सुबदल सेलिङले २२८ मत प्राप्त गरेका थिए ।

यसैगरी महिला सदस्यमा तिलरुपा सबेहाङ, दलित महिला सदस्यमा गंगामाया विश्वकर्मा, खुल्ला सदस्यहरुमा वीरबहादुर कुरुम्बाङ र सुरेन्द्र तुम्बाहाम्फे विजयी भएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...