भक्तपुरमा नेमकिपाको क्लिनस्विप, अरू सबैकाे जमानत जफत

 लिम्बुवान न्युज
                       

भक्तपुर नगरपालिकाको मेयरमा झण्डै ९ गुणा मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार २ सय मत पाएका छन्। उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार तीन सय ५२ मतमा सिमित भए।

त्यस्तै उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९६९५ मत ल्याएर विजयी भएकी छन्। उनकी निकट प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत पाएकी छन्। यो नगरपालिकामा नेमकिपाले क्लिन स्विप (मेयर, उपमेयर, वडा अध्यक्षहरु, सदस्यहरु) सबै विजयीं) भएको हो। नगरपालिकामा विपक्षीहरुको जमानत जफत भएकाे छ।  (नागरिकबाट)

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...