टीकापुर र जोशीपुरमा रेशम चौधरीको पार्टी विजयी

 लिम्बुवान न्युज
                       

कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ । हालै दर्ता भएको रेशम चौधरीले अगुवाइ गरेको पार्टीले स्थानीय तह चुनावमा टीकापुरसँगै जीत हासिल गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारुले भारी मतान्तरका साथै मेयरमा विजयी हासिल गरेका छन् । थारुले सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसबाट मेयरका लागि उम्मेदारी दिएका नवराज रावललाई ३ हजार बढी मतले हराउँदै विजय भएका हुन् । नवनिर्वाचित थारु टीकापुर ७ का निवर्तमान वडाध्यक्ष समेत हुन् ।

उपमेयरमा भने गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएका खडक शाहले विजय हासिल गरेका छन् । शाह नागरिक उन्मुक्तिबाट उम्मेदवारी दिएकी उल्कादेवी विश्वकर्मालाई हराउँदै विजयी भएकी हुन् । उन्मुक्ति पार्टीले टीकापुरमा मेयरसहित वडा नम्बर ४ र ५ मा वडाध्यक्ष जितेको छ ।

जोशीपुरमा उन्मुक्तिका चित्रबहादुर अध्यक्षमा र उपाध्यक्षमा रेखादेवी कठरिया विजयी

यसैगरी कांग्रेसका दुई थारु नेता रामजनम चौधरी र जनकराज चौधरीको गृह पालिका जोशीपुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले विजयी सुरुवात गरेको छ । गाउँपालिकाको अध्यक्षमा उन्मुक्तिका चित्रबहादुर चौधरीले १ हजार ५३५ मतको अन्तरमा विजयी भएका छन् । उनले ४ हजार ९०३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका बन्सराम बडायकले ३ हजार ३६८ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा उन्मुक्तिकै रेखादेवी कठरिया विजयी भएका छन् । उनी माओवादी केन्द्रका दीर्घराज बिनाडीलाई हराउँदै निर्वाचित भएकी हुन् ।

यसरी नै उन्मुक्तिले वडा नंं १, ३, ४ र ५ मा वडाध्यक्षसहित पुरै प्यानल जितेको छ । वडा नं. १ को वडाध्यक्षमा रामचन्द्र चौधरी, ३ को वडाध्यक्षमा रेणुकुमारी डगौरा, वडा नं. ४ को वडाध्यक्षमा राम जनम चौधरी र वडा नंं ५ को वडाध्यक्षमा अनरकुमार चौधरी विजयी भएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी र सुदूरपश्चिम प्रदेशका उपासभापति तथा पूर्व राज्यमन्त्री जनक चौधरीको पालिका गत २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले अध्यक्ष र पालिकामा अध्यक्षसहित अधिकांश वडामा जितेको थियो ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...