जनमत पार्टीले जितेका मेयरको प्रतिबद्धताः अति विपन्नलाई रासन कार्ड र वृद्ध किसानलाई पेन्सन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १० जेठ । जनमत पार्टीले जितेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले जनताको घरदैलोमै पुगेर जन्म, विवाह र मृत्यु दर्ता बनाइदिने भएको छ ।
नव निर्वाचित मेयर वीरेन्द्र माझीले जन्म, विवाह र मृत्यु दर्ताका साथै बृद्धभत्ता पनि घरमै पुगेर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त जनाएका छन्् । उनले सोमबार लिखित प्रतिवद्धता सार्वजनिक गर्दै विपन्न परिवारलाई रासन कार्ड र वृद्ध किसानलाई पेन्सन उपलब्ध गराउने बताएका छन् ।
‘नगरपालिकाभित्र भोकै बस्नुपर्ने अवस्थाका अति विपन्न वर्ग परिवारको पहिचान गरी उनीहरुलाई रासन कार्ड उपलब्ध गराइने र सुकुम्बासीको पहिचान गरी प्रदेश र संघीय सरकारको समन्वयमा उनीहरुलाई भूमि उपलब्ध गराइनेछ’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘जग्गा र घर समेत नहुने अति विपन्न वर्ग परिवारलाई पहिचान गरी उनीहरुलाई एकीकृत वस्ती मार्फत् वासको व्यवस्था गरिनेछ ।’
लुगाको समस्या हुनेका लागि नगरपालिकाभित्र क्लथ बैंक स्थापना गरिने र त्यहाँबाट निःशुल्क लुगा उपलब्ध गराउने मेयर माझीको प्रतिवद्धता छ ।
किसानलाई विभिन्न भागमा वर्गीकरण गरी किसान कार्डको व्यवस्था गर्दै निःशुल्क कृषि मिटर उपलब्ध गराउनुका साथै नगरपालिकाले तोकेको हदसम्म कृषि बिजुली निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता पनि माझीले गरेका छन् ।
‘नगरपालिकामा कृषि औजार लाइब्रेरी स्थापना गर्दै वैकल्पिक जिविकोपार्जन नहुने किसानको पहिचान गरी वृद्ध किसानको लागि किसान पेन्सन योजना लागू गरिनेछ’ प्रतिबद्धता पत्रमा भनिएको छ ।
नगरपालिकाभित्र तोकेको मापदण्ड पुग्ने हरेक नागरिकलाई कम्तीमा न्यूनतम स्वास्थ्य बीमा उपलब्ध गराउन र नगरपालिकाभित्रका अस्पतालमा निःशुल्क औषधिको व्यवस्था गर्न पहल गरिने तथा वृद्ध तथा अशक्तलाई घर घरमा चिकित्सक गएर नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने पनि प्रतिबद्धता गरिएको छ ।
नगरपालिकाको वडा नम्बर १ र ४ मा झोला र बनाना चिप्स उद्योग खोलेर वा खाल्न लगाएर पहिलो चरणमा सयदेखि १ सय ५० जनाले रोजगारी पाउने व्यवस्था गरिने पनि मेयर माझीले बताएका छन् ।
डा. सिके राउतको जनमतले मतगणना भईसकेको २ स्थानीय तह प्रमुख जितेको छ भने एउटा उपप्रमुख जितेको छ । (अनलाइनखबरबाट)

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...