मोटरसाइकलसहित पाँचथरका दुई युवक पक्राउ

 लिम्बुवान न्युज
                       

दमक/ दमकबाट चोरिएका मोटरसाइकलसहित दुई जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

१३ जेठको बिहान २ बजे दमक ६ स्थित नेपालीरिका होटलमा पार्किङ गरि राखिएको सुमन खडकाको नाममा दर्ता रहेको मोटरसाइकल चोरी गरेर लगेको अवस्थामा पाँचथर तुम्वेवा गाउँपालिका वडा नं ५ का २२ बर्षिय चन्द्रकुमार योङया र २० बर्षिय सुरेन्द्र भनिने जिवन कुरुम्बाङलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मे ११ प ५५१२ नम्बरको १५० सि.सि.को सो पल्सर मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा जेठ ९ गते दमक ६ गायत्री बोर्डिङ स्कुल अगाडीबाट चोरिएको सविन राईको नाममा दर्ता रहेको प्र१–०१–१५प ८६९० नम्वरको १५० सि.सि. को पल्सर मोटरसाईकल समेत फेला पारिएको छ । सो मोटरसाइकल चोरीमा संलग्न गिरोहका बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...