मञ्च जस्तोसुकै अवस्थामा संघीय गणतन्त्रको पक्षमा उभिन्ने –कुमार लिङदेन ‘मिराक’

 लिम्बुवान न्युज
                       

दमक, १५ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय राष्ट्रिय अध्यक्ष कुमार लिङ्दे मिराकले मञ्च जस्तोसुकै अवस्थामा संघीय गणतन्त्रको पक्षमा उभिन्ने बताएका छन् ।
आइतबार १५औं गणतन्त्र दिवसको अवसरमा शुभकामना विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनले स्थानीय निर्वाचनमा उम्मेदवार तथा विजयी त्यसैगरी मतदाताहरुलाई शुभकामना तथा बधाई ज्ञापन गरेका छन् ।
मञ्च तथा लिम्बुवान सहितको १०+१ प्रान्तीय मञ्चले स्थापना कालदेखि पहिचान सहितको संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, पूर्ण समानुपातिक चुनाव प्रणाली, संघीय सहअस्तित्ववाद, संघीय सामुदायिक समाजवाद, संघीय इकोइकोनामी, शान्तिपूर्ण र शसक्त सडक एवम् संसदीय आन्दोलनमा विश्वास गर्ने दल भएको बताउँदै अध्यक्ष लिङदेनले २४० बर्ष देखि सिंहदरबारले शासन केन्द्रित गरेर आदिवासीको अस्तित्व र पहिचान लुटेर नाङ्गोझार बनाएको बताउँदै उत्पीडित समुदाय सधै संघीयता, धर्मनिपेक्षता र गणतन्त्रको पक्षमा उभिन्नु पर्नेमा जोड दिएका छन् ।
२४० बर्ष अघिदेखि गोर्खा, त्यसपछि राणा शाह, पञ्चायती व्यवस्था, पुँजीवादी कांग्रेस र जबजवादी कम्यूनिष्टहरुले पेलेर दमन गरेर नस्ट पारेको पहिचान सहितको १०+१ प्रान्तहरुलाई पुनर्जागराण गर्न मञ्च लागि परेको अध्यक्ष लिङदेनको दावी रहेको छ । उनले आफू कठिन अति र्सघर्षपूर्ण राजनीति अभियानमा हिडिरहेको बताउनु हुँदै पहिले संघीयता भएको र बिचमा क्रुर शासकहरुले उक्त संघीयताको डोबहरु मासिनेगरी निर्दयी एकात्मक शासन लादेको र फेरी संघीयवादीहरुले स्थापना गर्न खाजेको मूलुक भएको हुँदा यो राजनैतिक लडाई कठिनसँगै आफ्नो काधमा बोकेर अघि बढेको बताएका छन् ।
नेपालको अहिलेको संघीयताको ढाँचा सबैभन्दा कठिन भएको हुँदा मञ्च निरन्तर आन्दोलनमा होमिएको बताउँदै अहिलेको एकात्मक संसदीय मोडेलको चुनावमा सहभागि हुन कठिन हुने बताएका लिङदेनले गत स्थानीय तहको निर्वाचनमा मञ्चको चुनाव चिन्हबाट उम्मेदवार भई सम्मान जनक मतप्राप्त गर्नु हुने र विजय प्राप्त गर्नु हुने जनप्रतिनिधिहरुलाई धन्यवाद दिदैं अध्यक्ष लिङदेनले चुनावी अभियानको अग्रपंक्तीका नेता कार्यकर्ताहरुलाई जनसमुदायको घरघरमा चुनाव चिन्ह दाप सहितको खुकुरी पुराउनु हुने स्वदेश तथा विदेशका सबै तहका नेता कार्यकर्ताहलाई आभार व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...