पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

 लिम्बुवान न्युज
                       

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा जिल्लाका ११ पत्रकार तथा सञ्चारसम्बद्ध संस्थाहरूको सहभागिता रहेको थियो ।

पत्रकारिता, सञ्चार, आचारसंहिता, समसामयिक विषय तथा पेशागत ज्ञानसँग सम्बन्धित प्रश्नहरू समेटिएको प्रतिस्पर्धामा भद्रपुर प्रेस क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो । प्रतियोगितामा अर्जुनधारा प्रेस क्लब द्वितीय तथा नेपाल प्रेस युनियन तृतीय स्थानमा रहे । त्यसैगरी प्रेस क्लब, प्रेस चौतारी, नारी सञ्चार गृह, सञ्चारिका समूह, फोनिज झापा तथा पर्यटन पत्रकार मञ्चले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

विजेता टोलीलाई क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानका लागि नगद रु. ११,१११, रु. ७,७७७, रु. ५,५५५ र रु. २,२२२ सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख रामकुमार थापा ले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक, उत्तरदायी र तथ्यपरक बनाउन यस्ता ज्ञानमूलक प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

मुक्कुमलुङमा केवलकार निर्माण खारेज हुने सङ्केत

दमक, १६ जेठ । ताप्लेजुङको मुकुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केवलकार परियोजना खारेजी हुने संकेत देखिएको छ। नेपाल सरकारले परियोजनालाई अगाडि नबढाउने तयारी गरिरहेको चर्चा अहिले व्यापक बनेको छ। सन् २०१५ मा "पाथीभरा देवी दर्शन...