मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

 लिम्बुवान न्युज
                       


दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न भएको छ ।
मोरङ् केरावारी गाउँपालिका वडा नंÞ १ पाटीस्थित श्री सरस्वती माध्यमिक विद्यालय केन्द्रमा सञ्चालित कक्षा १२ को परीक्षामा धनकुटा चौविसे गाउँपालिका वडा नंÞ ७ निवासी मौसमी फियाकले आठ महिनाको नानी काखी च्यापेर परीक्षा लेखेको कुरा परीक्षा सुपरिवेक्षक श्याम नेम्बाङ्ले बताए ।
केरावारी–१ पाटीस्थित श्री सरस्वती माÞ. विÞ मा शनिवार सञ्चालित परीक्षामा पालाम गायिका दुर्गा तुम्सा, कलाकार तथा मोडल मिना नेम्बाङ्, लिम्बू भाषा साहित्य सर्जक सेसेहाङ् फियाक, समाजसेवी चन्द्र कुमार लिम्बू लगायत नियमित तर्फका १६ जना र आंशिक तर्फका ६ जना गरी जम्मा २२जना परीक्षार्थीहरुले परीक्षा दिए भने ६ जना अनुपस्थित रहेको कुरा सरस्वती मा.विÞ.का लिम्बू भाषा शिक्षक शुक्र आङ्देम्बेले बताए ।
शैक्षिक सत्र २०८२ को लागि तोकिएका परीक्षा केन्द्रहरु फाल्गुनन्द गाउँपालिकाको कार्यालय फाल्गुनन्द–५, पान्थर, श्री सत्यहाङ्मा मा वि फाल्गुनन्द–२ याम्बोङ् पान्थर, श्री सरस्वती मा वि माङ्सेबुङ्–५ इलाम, श्री पृथ्वी मा वि कुम्मायक–१ यासोक पान्थर, श्री सिंवा मा.वि. फक्ताङ्लुङ्–३ ताप्लेजुङ्, श्री खलङ्गाटार मा.वि. फेदेन–१० पान्थर, श्री सरस्वती मा. वि. केराकारी–१ मोरङ्, श्री त्रिभुवन मा. वि. मेरिङ्देन–५ थुकिमा ताप्लेजुङ्, श्री श्रीजुङ् मा.वि. मेन्छ्यायेम–४ तेर्हथुम, श्री तेल्लोक मा.वि. श्रीजङ्गा–४ ताप्लेजुङ् र श्री भूमिजन मा.वि. फुङलिङ–४ ताप्लेजुङमा गरी जम्मा ११ वटा केन्द्रका १०८ जनाले लिम्बू भाषा कक्षा १२ को परीक्षा दिए भने १२ जना विद्यार्थी अनुपस्थित रहेको परीक्षा बोर्डले जनाएको छ ।
सरस्वती मा वि केराबारी–१ मोरङमा सञ्चालित परीक्षा सम्पन्न भएपछि लिम्बू भाषा कक्षा १२ का परीक्षार्थीहरुलाई विदाई गरिएको थियो भने शैक्षिक सत्र २०८१ मा बोर्ड फष्ट भएका सेसेहाङ् फियाकलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । शिक्षिका तारा लिम्बूको सभापतित्वमा सम्पन्न विदाई कार्यक्रममा प्रमुख अतिथि केरावारी गउँ पालिका वडा नंÞ १ की निर्वाचित सदस्य कमला राई, स्थानिय अभिभावक दिलकुमार लिम्बू, परीक्षार्थीहरुको तर्फबाट सेसेहाङ् फियाक लगायतले विदाईका शुभेच्छा प्रकट गरे भने, शिक्षक शुक्र आङ्देम्बेले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;