मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

,   लिम्बुवान न्युज
                       


दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न भएको छ ।
मोरङ् केरावारी गाउँपालिका वडा नंÞ १ पाटीस्थित श्री सरस्वती माध्यमिक विद्यालय केन्द्रमा सञ्चालित कक्षा १२ को परीक्षामा धनकुटा चौविसे गाउँपालिका वडा नंÞ ७ निवासी मौसमी फियाकले आठ महिनाको नानी काखी च्यापेर परीक्षा लेखेको कुरा परीक्षा सुपरिवेक्षक श्याम नेम्बाङ्ले बताए ।
केरावारी–१ पाटीस्थित श्री सरस्वती माÞ. विÞ मा शनिवार सञ्चालित परीक्षामा पालाम गायिका दुर्गा तुम्सा, कलाकार तथा मोडल मिना नेम्बाङ्, लिम्बू भाषा साहित्य सर्जक सेसेहाङ् फियाक, समाजसेवी चन्द्र कुमार लिम्बू लगायत नियमित तर्फका १६ जना र आंशिक तर्फका ६ जना गरी जम्मा २२जना परीक्षार्थीहरुले परीक्षा दिए भने ६ जना अनुपस्थित रहेको कुरा सरस्वती मा.विÞ.का लिम्बू भाषा शिक्षक शुक्र आङ्देम्बेले बताए ।
शैक्षिक सत्र २०८२ को लागि तोकिएका परीक्षा केन्द्रहरु फाल्गुनन्द गाउँपालिकाको कार्यालय फाल्गुनन्द–५, पान्थर, श्री सत्यहाङ्मा मा वि फाल्गुनन्द–२ याम्बोङ् पान्थर, श्री सरस्वती मा वि माङ्सेबुङ्–५ इलाम, श्री पृथ्वी मा वि कुम्मायक–१ यासोक पान्थर, श्री सिंवा मा.वि. फक्ताङ्लुङ्–३ ताप्लेजुङ्, श्री खलङ्गाटार मा.वि. फेदेन–१० पान्थर, श्री सरस्वती मा. वि. केराकारी–१ मोरङ्, श्री त्रिभुवन मा. वि. मेरिङ्देन–५ थुकिमा ताप्लेजुङ्, श्री श्रीजुङ् मा.वि. मेन्छ्यायेम–४ तेर्हथुम, श्री तेल्लोक मा.वि. श्रीजङ्गा–४ ताप्लेजुङ् र श्री भूमिजन मा.वि. फुङलिङ–४ ताप्लेजुङमा गरी जम्मा ११ वटा केन्द्रका १०८ जनाले लिम्बू भाषा कक्षा १२ को परीक्षा दिए भने १२ जना विद्यार्थी अनुपस्थित रहेको परीक्षा बोर्डले जनाएको छ ।
सरस्वती मा वि केराबारी–१ मोरङमा सञ्चालित परीक्षा सम्पन्न भएपछि लिम्बू भाषा कक्षा १२ का परीक्षार्थीहरुलाई विदाई गरिएको थियो भने शैक्षिक सत्र २०८१ मा बोर्ड फष्ट भएका सेसेहाङ् फियाकलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । शिक्षिका तारा लिम्बूको सभापतित्वमा सम्पन्न विदाई कार्यक्रममा प्रमुख अतिथि केरावारी गउँ पालिका वडा नंÞ १ की निर्वाचित सदस्य कमला राई, स्थानिय अभिभावक दिलकुमार लिम्बू, परीक्षार्थीहरुको तर्फबाट सेसेहाङ् फियाक लगायतले विदाईका शुभेच्छा प्रकट गरे भने, शिक्षक शुक्र आङ्देम्बेले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;