कुवेत पुगेका खेलडीहरुको पीसीआर रिपोर्ट सबैको नेगेटिभ

,   लिम्बुवान न्युज
                       

काठमाडौं। कुवेत पुगेको नेपाली फुटबल टोलीका सबै सदस्यको पीसीआर रिपोर्ट आएको छ । कुवेत पुगेको टोलीका सबै खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

नेपाली टोली इराकसँगको मैत्रीपूर्ण खेलपछि कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल खेल्न त्यहाँ पुगेका हुन् । टोलीका सबै सदस्यले पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए सबै खेलाडीहरुको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

छनोटअन्तर्गत समूह बी मा रहेको नेपालले बाँकी ३ खेल कुवेतमा खेल्नेछ । नेपालले जेठ २० गते चाइनिज ताईपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । नेपालको सबै खेल नेपाली समय अनुसार राती ९ः४५ बजे सुरु हुने जनाइएको छ ।

तीनवटै टिम फिफा वरीयतामा नेपाल भन्दा माथि छन् । अष्ट्रेलिया फिफा वरीयतामा ४१औं स्थानमा छ भने जोर्डन ९५औं र चाइनिज ताइपेई १४१औं स्थानमा छ । नेपाल १७१औं स्थानमा छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;