अब एकदिवसीय विश्वकप क्रिकेटमा १४ र टी–२० विश्वकपमा २० टिम हुने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सन् २०२४ देखि २०३१ सम्ममा विश्वकप क्रिकेटमा टीम संख्या बढाउने जनाएको छ । अब एकदिवसीय विश्वकप क्रिकेटमा १४ र टी–२० विश्वकपमा २० टिम सहभागी हुनेछन् ।

आइसीसीको अब हुने सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्नेछ । आइसीसीले एकदिवसीय विश्वकपमा सहभागी टिम संख्या बढाउने निर्णय गरेको हो । आइसीसीले पछिल्लो समय प्रतिस्पर्धात्मक बनाउन विश्वकपमा १० टिमलाई मात्र सहभागि गराईदै आएको छ । सन् २०२३ मा हुने एकदिवसीय विश्वकप भने पुरानो फरम्याटमा अनुसार १० टिमले मात्र खेल्ने छन् ।

यस्तै, अब २०२४ देखि टी२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आइसीसीले सन् २०२४, २०२६, २०२८ र २०३० को टी२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यस्तै ८ टिम सहभागि हुने च्याम्पियन्स ट्रफी २०२५ र २०२९ मा हुनेछ ।

टी–२० विश्वकपमा ५–५ टिमको चार समूह हुनेछ । चार समूहको शीर्ष दुई टिम सुपर एटमा प्रवेश गर्नेछ । त्यसपछि नकआउट स्टेजमा खेल हुनेछ । विश्वकपमा टिम संख्या बढ्ने भएपछि नेपाल लगायत एसोसिएट राष्ट्रलाई समेत फाइदा पुग्नेछ । नेपालले सन् २०१४ मा पहिलो पटक टी२० विश्वकप खेलेको थियो । तर त्यसयता नेपाल एकपटक पनि टी२० विश्वकपमा छनोट हुन सकेको छैन । एकदिवसीय विश्वकपमा भने नेपाल हालसम्म छनोट हुन सकेको छैन ।

महिला विश्वकपमा भने यसअघि नै टिम संख्या बढाउने आइसीसीले निर्णय गरिसकेको छ । सो अनुसार अब एकदिवसीय महिला विश्वकपमा १४ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष तीन टिमहरु सुपर सिक्सका लागि छनोट हुनेछन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...