अब एकदिवसीय विश्वकप क्रिकेटमा १४ र टी–२० विश्वकपमा २० टिम हुने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सन् २०२४ देखि २०३१ सम्ममा विश्वकप क्रिकेटमा टीम संख्या बढाउने जनाएको छ । अब एकदिवसीय विश्वकप क्रिकेटमा १४ र टी–२० विश्वकपमा २० टिम सहभागी हुनेछन् ।

आइसीसीको अब हुने सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्नेछ । आइसीसीले एकदिवसीय विश्वकपमा सहभागी टिम संख्या बढाउने निर्णय गरेको हो । आइसीसीले पछिल्लो समय प्रतिस्पर्धात्मक बनाउन विश्वकपमा १० टिमलाई मात्र सहभागि गराईदै आएको छ । सन् २०२३ मा हुने एकदिवसीय विश्वकप भने पुरानो फरम्याटमा अनुसार १० टिमले मात्र खेल्ने छन् ।

यस्तै, अब २०२४ देखि टी२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आइसीसीले सन् २०२४, २०२६, २०२८ र २०३० को टी२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यस्तै ८ टिम सहभागि हुने च्याम्पियन्स ट्रफी २०२५ र २०२९ मा हुनेछ ।

टी–२० विश्वकपमा ५–५ टिमको चार समूह हुनेछ । चार समूहको शीर्ष दुई टिम सुपर एटमा प्रवेश गर्नेछ । त्यसपछि नकआउट स्टेजमा खेल हुनेछ । विश्वकपमा टिम संख्या बढ्ने भएपछि नेपाल लगायत एसोसिएट राष्ट्रलाई समेत फाइदा पुग्नेछ । नेपालले सन् २०१४ मा पहिलो पटक टी२० विश्वकप खेलेको थियो । तर त्यसयता नेपाल एकपटक पनि टी२० विश्वकपमा छनोट हुन सकेको छैन । एकदिवसीय विश्वकपमा भने नेपाल हालसम्म छनोट हुन सकेको छैन ।

महिला विश्वकपमा भने यसअघि नै टिम संख्या बढाउने आइसीसीले निर्णय गरिसकेको छ । सो अनुसार अब एकदिवसीय महिला विश्वकपमा १४ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष तीन टिमहरु सुपर सिक्सका लागि छनोट हुनेछन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...