नेपालसँग चिनीयाँ ताइपेई २–० गोलले स्तब्ध

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। विश्वकप छनोट अन्तर्गत आज (बिहीबार) भएको खेलमा नेपालले चिनियाँ ताइपेईलाई हराएको छ । कुवेतमा भएको खेलमा नेपालले चिनियाँ ताइपेईलाई २–० गोलले हराएको हो ।

कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालले चौथो मिनेटमा पाएको पेनाल्टीलाई सही सदुपयोग गर्दै अञ्जन विष्टले गोल गरेका हुन् ।

ताइपेईका खेलाडी चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सही दिशा दिएका विष्टले सहिजलै गोल गरेका थिए अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो ।

त्यस्तै खेलको उत्तरार्धमा ८१औँ मिनेटमा नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले गरेका हुन् ।

एसियाली विश्वकप छनोटको समूह ‘बी’ का खेल तटस्थ भूमिका रूपमा कुवेतमा भएको हो । नेपालले ताइपेईविरुद्धको पहिलो लेगको छनोटमा पनि २–० को जितनै निकालेको थियो । त्यसमा दुवै गोल अञ्जनले नै गरेका थिए ।

नेपालका लागि नवनियुक्त कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको यो पहिलो औपचारिक खेल हो । यसअघि उनको नेतृत्वमा नपालले इराकसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जून खेलमा नेपाल इराकसँग ६–२ गोलले स्तब्ध भएको थियो ।

 

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...