संसद पुनःस्थापना भएमा हस्ताक्षर स्वत फिर्ता– नेपाल

 लिम्बुवान न्युज
                       

काठमाडौं । ओलीलाई माधव नेपालले पत्रको जवाफ दिर्दै संसद विघटन फिर्तालिई पुनःस्थापना भए हस्ताक्षर स्वतः फिर्ता हुने बताएका छन् । बरिष्ठ नेता नेपालले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने जवाफ दिएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए ।

जवाफमा नेता नेपालले उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम भएको बताएका छन् । ‘प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण हुनेछ’ नेता नेपालको जवाफमा भनिएको छ ।

नेपालले विज्ञप्ति मार्फत अध्यक्ष ओलीले नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, नीति र कार्यदिशा छाड्नुका साथै पार्टी विधानको उल्लंघन गरी पार्टीमा समस्या उत्पन्न भएको आरोप समेत लगाएका छन् ।

अध्यक्ष ओलीले कोरोना महमारीले आक्रान्त बनेको जनताहरुलाई स्वास्थ्य उपचार गर्न छोडेर अर्बौ रुपैयाँ खर्च हुने निर्वाचन गर्नु लोकतन्त्रको विरुद्ध भएको हुँदा अध्यक्षको विज्ञप्तिलाई सुक्ष्म अध्ययन गरी ६ बुँदे प्रेस वक्तत्वय नेता नेपालले जारी गरेका छन् ।

हेर्नुहोस् माधवकुमार नेपालद्वारा जारी वक्तव्यः

 

सम्बन्धित समाचार

शुसीला कार्कीले प्रधानमन्त्रीकाे लिइन् सपथ

काठमाडाैं, २७ भदाैं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ६१ बमोजिम नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति  पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो...

गृहमन्त्री लेखकले दिए राजीनामा

ललितपुर, २३ भदाैं ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका...

जेन जि आन्दोलन देशब्यापी: १४ को मृत्यु: सयौं घाइते

ललितपुर, २३ भदौ / जेन-जीको देशव्यापी प्रदर्शन जारी, केही नेटवर्कमा भीपीएन बिनै चल्न थालेको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनदेखि भ्रष्टाचार अन्त्यको माग गर्दै जेन-जी पुस्ताले गरिरहेको विरोध प्रदर्शनले हिंसात्मक रूप लिँदै गएको छ ।...

सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम  मात्र होईन : अन्यायको विरोध गर्ने ठाउँ पनि हो !

प्रेमचन्द्र झा नेपालमा पछिल्ला केही वर्षयता अभिव्यक्ति स्वतन्त्रतामाथि विविध बहानामा बारम्बार हस्तक्षेप हुँदै आएको छ। राष्ट्रियताको नाममा, सामाजिक सद्भावको रक्षा गर्ने बहानामा, वा झूटा सूचना नियन्त्रण गर्ने नाउँमा सरकारले विभिन्न चरणमा सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने...