कस्तोलाई लिम्बु चलचित्र मान्ने त ?

 लिम्बुवान न्युज
                       

  • सुवास केरुङ् लिम्बु (नोनाम)

पछिल्लो समयमा लिम्बू समुदायको पृष्ठभूमिमा आधारित नेपाली, लिम्बू लघु चलचित्र र श्रब्य चलचित्रहरू धमाधम रूपमा बन्दै र बन्ने क्रममा छन् । गएको वर्ष २०७७मा मात्र लकडाउनकै बाबजुत पनि निकै धेरै चलचित्र र श्रब्यदृष्य चलचित्रहरू निर्माण भएका छन् । जस्तै चलचित्र रबि शेर्माद्वारा निर्देशित सेमिफूङ र यलम्बर खम्बुद्वारा निर्देशित थिम साथै धेरै श्रब्य चलचित्रहरू निर्माण भएका छन् । लिम्बू पृष्ठभूमिमा आधारित चलचित्रहरू हुन् । वा भनौँ लिम्बू चलचित्रहरू हुन् । बहस कै सन्दर्भमा लिम्बू पृष्ठभूमिमा आधारित लिम्बू नामक चलचित्रहरू निकै लामो समयदेखि निर्माण हुँदै आइरहेको छन् । लिम्बू कथानक चलचित्र वि.सं. २०४८ सालदेखि निर्माण सुरु भएको तथ्य छ । ०४८ सालमा नेपाल टेलिभिजनमा प्रसारित ञतरेबाझ लिम्बू भाषामा निर्मित पहिलो आधिकारिक चलचित्र हो भनेर दाबी गरिएको छ।निकै लामो समयदेखि लिम्बू चलचित्रहरू निर्माण हुँदै आए पनि यसको बजार व्यवस्थापन यसको मापदण्ड अनुरुपबारे पछिल्लो समय चलिचित्र निर्माण कम्पनीहरू लगायत लिम्बू जन्य संघ संस्थाहरूमा लिम्बू चलचित्रबारे छलफल हुँदै आइरहेको छ । यस लिम्बू चलचित्र निर्माण हुन थालेको करिब तीन दशकको दौरानमा लगभक तीन दर्जन नै लिम्बू चलचित्रको निर्माण भएका एक प्रतिवेदनमा उल्लेख छ ।

चलचित्र नुमाफूङ, मासेमी , खापुङ्ना मोरङ्ना, केवा कोक्मा, आनि साक्थिम र के लगायत भने लिम्बू चलचित्रहरूकै सुपरहिट र विभिन्न एवार्ड तथा पुरस्कारहरू जित्ने चलचित्रहरू हुन् । लिम्बू भाषाका र लिम्बू पृष्ठभूमिमा आधारित निर्माण भएका धेरै चलचित्रहरू बजारमा आउन लागेका हुन् भने केही धमाधम छायांकन भैरहेको छन् भने केही सम्पादन कार्य भैरहेको छन् । र केहि भने घोषणा भएर छायांकन हुने तयारीमा छन् । लिम्बू चलचित्र निर्माण हुने क्रम अत्याधिक रुपमा अगाडि बढिरहेको छ । लिम्बू चलचित्रहरूले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सवहरूमा पनि आफ्नो सहभागी जनाई विभिन्न पुरस्कारहरू पनि हात पार्दै आइरहेको छन् । यसै सन्दर्भमा देश तथा विदेशमा पनि लिम्बू चलचित्रहरू प्रदर्शन भैरहेको बेला पुरस्कारहरू हात परिरहेको बेला, लिम्बू चलचित्रहरूबारे विभिन्न टीकाटिप्पणी हुनु सामान्यतया छलफल हुनु स्वाभाविक हो । हालको समयमा अत्याधिक लिम्बू चलचित्रकर्मिहरूमा लिम्बू चलचित्र कस्तो हुनु पर्छ ? लिम्बू चलचित्र हुन् केके मापदण्ड आवाश्यक पर्छ ? लिम्बू भाषा बोलेर मात्र लिम्बू चलचित्र बन्छ ? लिम्बू चलचित्र र लिम्बू भाषाको चलचित्र एउटै हो त ? भन्ने सवाल प्रश्नहरू उठ्न थालेको छन् ।

सामान्यतया लिम्बू चलचित्र हुनलाई त्यस समुदायको कथावस्तु, भाषा, पात्र, चलचित्रको नाम, त्यसभित्रको रहनसहन, संस्कार संस्कृती र चलचित्रको पृष्ठभूमि आदि पर्दछ । प्रायः चलचित्र निर्माण कर्ताहरूको सवालमा के छ भने लिम्बू चलचित्र निर्माण गर्नुको उदेश्य र चाहानाको विषयमा सबैको एउटै जवाफ हुने गर्छ कि हामी आफ्नो सिने मार्फत आफ्नो संस्कार संस्कृति र सिङ्गो समुदायको परिचय गतिशिल चित्रहरू रचनात्मक तरिकाले राज्यमा स्थापित गराउँदै सामुदायिक चिनारी दिन खोजेको हो । हाल लिम्बू चलचित्र बनाउन वा निर्माण गर्दा पात्र उदेश्री र निष्कर्ष लगायत आवश्यक तत्वहरूको संयोजनपछि एउटा चलचित्र बन्छ । लिम्बू चलचित्र हुनको लागि लेखक तथा निर्देशक सागर केरुङ भन्नुहुन्छ, “लिम्बू चलचित्र भन्नाले लिम्बू जातिको इतिहास, मुन्धुम, भाषा, धर्म, लिपि, संस्कार संस्कृती अर्थात् लिम्बू जीवनशैलीमा हुनुपर्छ, लिम्बू समुदायको अस्तित्व र सौन्दर्य बोल्नु पर्छ” पुनः आफ्नो कार्यपत्रमा भन्नू भएको छ (२०७६÷जेष्ठ ३१) लिम्बू फिल्म मेकरहरूले लिम्बू चलचित्र र लिम्बू भाषाको चलचित्र हुन यो बुझ्न अति आवाश्यक छ। लिम्बू भाषाको चलचित्र उक्त जातिभन्दा फरक विषयवस्तु, फरक आख्यान, फरक परिवेश लिम्बू भाषामा निर्माण भयो भने त्यसलाई लिम्बू भाषाको चलित्र भनिन्छ तर लिम्बू चलचित्रको लागि त्यस समुदायको जीवनशैली र सौन्दर्य बोल्नु पर्छ । उदाहरणको लागि धेरै ओटा पुरस्कार साथै ब्लकबस्टर फिल्म नुमाफुङ परिवेश कथावस्तु सबै लिम्बू पृष्ठभूमिमा छ तर त्यस फिल्मको संवाद भने खस नेपाली भाषामा रहेको छ त्यसलाई भने सागर केरुङको कार्यपत्र अनुसार लिम्बू भाषाको चलचित्र भनिन्छ ।

लिम्बू चलचित्र निर्माण हुन थालेको करिब ३ दशकको दौरानमा पछिल्लो समय भने चलचित्र निर्माणको गति प्राबिधिक हिसाबले कथावस्तुको हिसाबले र विभिन्न हिसाबले पछिल्लो समय लिम्बू चलचित्र निर्माणले धेरै सुशार गरेको पाइएको छ ।लिम्बू सिने जगत्का पछिल्लो समयका अति व्यस्त कोरियोग्राफर दिनेश माङ्मु भन्नू हुन्छ,– “लिम्बू चलचित्र निर्माण गर्छु भनेर मात्र हुँदैन, त्यस समुदायको, त्यस जातिको इतिहास संस्कार–संस्कृती, भाषा– धर्म प्रती ज्ञान राख्न अति आवाश्यक छ र त्यस चलचित्रमा त्यस जातिको इतिहास अटाउनु पर्छ” नेपाली चलचित्रको सौन्दर्य यहाँको राज्य सत्ता निहित हुन्छ ।

उदाहरणको लागि जंगबहादुरको मुलुकी ऐन पञ्चायती संविधानको एक भाषा एक भेषको सत्तामा बसिरहने जाती र नश्लकै वरिपरि अर्को परिवेशले मान्यता पाएको छ । त्यसैको प्रभाव अनुरुप नेपाली चलचित्रले पनि मान्यता पाएको छ । त्यस भित्रको सौन्दर्य कस्तो हुन्छ भने राम , राज, अञ्जली, रावण, प्रभाकर, सीता जस्ता पात्रहरूको र त्यस सिनेमामा मठमन्दिर, पुराण, मन्डप, यज्ञ, जगे, सिन्दुर, साडिचोली लगायतले मान्यता पाउँछन् त्यस्तै लिम्बू चलचित्रमा पनि इमानसिङ, सिलामसाक्मा, फेदाङ्बा, काङ्सोरे, युमाथेबा, सिरीजङ्गा लगायतको सौन्दर्य अट्नु पर्दछ । मुन्धुम ज्ञाता तथा कलाकार यासेली योङ्हाङ भन्नुहुन्छ,– “लिम्बू चलिचित्र लिम्बू सौन्दर्यशास्त्रमा आधारित हुनु पर्यो, लिम्बू चलचित्र लण्डनको ले पनि बनाउन सक्छ तर त्यो लिम्बू सौन्दर्यशास्त्र भित्र पर्छ या पर्दैन भन्ने मुख्य विषय रहेको फिल्म मेकरहरूले यो बुझ्न जरुर छ ।”

विशेषतः लिम्बू फिल्मले पूर्ण मान्यता पाउँन लिम्बू लोक वाङ्मयहरूको पनि प्रयोगमा आउन अति आवश्यक छ। सबै किसिमका लोक वाङ्मयहरू जस्तैः पालाम, हाक्पारे, ख्याली, केसाम, ताम्केतुवा, माङघ, माङसाम्लो, हाम्लाक्वा, खाहुन्, लारिङ्गे नाम्लिङ्गे लगायत वाङ्मयहरू यो भन्दा अगाडि कहि कतै प्रयोगमा हुँदै आए पनि पूर्ण रुपमा प्रयोगमा आएको छैन।पछिल्लो तीन दशकमा निर्माण गरिएका चलचित्रहरूमा प्राय लोक वाङ्मयको यथेष्ट अध्ययन नगरी प्रयोगमा आएको पाइन्छ । उक्त प्रयोगले आख्यान, लय, छन्द अनुरुप हुन गयो त ? यस्तो गलत प्रयोगले जातिको जीवनदर्शनमा अष्पष्टता निम्त्याउन सक्छ यस्तो निर्माण प्रती चलचित्रकर्मिहरू गम्भीर हुन् आवश्यक छ । जसरी हिन्दु सौन्दर्य अनुरुप नेपाली चलचित्रमा देखिन्छ त्यस्तै लिम्बू चलचित्रलाई पूर्णता दिन आवश्यक मुन्धुम अनुसारका संस्कार संस्कृति, मिथक, पृष्ठभूमि र लोक वाङमय लगायतका सौन्दर्यशास्त्रबारे लिम्बू समुदाय प्रष्ट हुनुपर्दछ।

सागर केरुङको कार्यपत्र अनुसार तपशिल बमोजिमका मापदण्ड पुगेकालाई लिम्बू चलचित्र मान्न सकिन्छ ।

१) लिम्बू समुदायको जीवनशैली : लिम्बू चलचित्र लिम्बू समुदायको र जातिको जीवनशैलिमा आधारित हुनुपर्छ।लिम्बू भाषा, कला साहित्री, इतिहास दर्शन आदि ।

२) भाषा : जुनसुकै विषयमा निर्माण गरेपनि लिम्बू भाषा अनिवार्यता हुनुपर्छ ।

३) लोक वाङ्मय र मिथक प्रतिकको प्रयोग : चलचित्रमा लोक वाङ्मयहरूको शास्त्रीय तथा लोकवाङ्मयको पद्धतिले निर्धारण गरिल्याएको अनुसार हुनुपर्दछ । साथै लिम्बू चलचित्रमा मिथक प्रतीक किरात याक्थुङ सौन्दर्य अनिवार्य हुनु पर्दछ ।

४)आख्यान : चलचित्रको आख्यनमा किरात लिम्बू सौन्दर्य अनिवार्य हुनुपर्दछ।

५)सङ्गीतः चलकित्रमा संगीतले महत्वोपूर्ण अर्थ राख्दछ । लिम्बू चलचित्रमा किरात लिम्बू संगीतहरू प्रयोग गर्नु पर्दछ ।

निष्कर्षः लिम्बू चलचित्र समुदायको अर्थात जाती विशेषकै विषयबस्तुमा निर्मित वा निर्माण हुनुपर्दछ । जातिय पहिचान, जातिय चाडपर्व, रीतिरिवाज, नाचगान, रहसहन, बोलिचाली, इतिहास मुन्धुम अनिवार्य रुपमा समावेश हुनुपर्दछ । चलचित्रमा सामजिक विभेद, ऐतिहसिक पात्र, सांस्कृतिक उत्पिडन र ऐतिहासिक पृष्ठभूमिमा आधारित हुनुपर्दछ ।

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...