इटाली यूरोकपको अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली

,   लिम्बुवान न्युज
                       

एजेन्सी । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा स्विट्जरल्यान्डलाई सहजै पराजित गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको छ । म्यानुएल लोकाटेलीको दुई गोल तथा चिरो इम्मोबिलेको एक गोलमा इटालीले ३–० को जित दर्ता गर्दै इटाली यूरोकप २०२०को अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको हो ।

खेलको २६ औं मिनेटमा इटालीले अग्रता लिएको थियो । डोमेनिको बेरार्डीको कटब्याकमा म्यानुएल लोकाटेलीले ६ यार्ड बक्सभित्र अनमार्क रहेको अवस्थामा गोल गरेका थिए । लोकाटेली आफैंले मिडफिल्डबाट लामो पास निकाल्दै सासुओलोबाट सँगै खेल्दै आएका बेरार्डीलाई बायाँ विंगमा कुदाएका थिए । बेरार्डीले विंगमा मुभ सिर्जना गर्दा मिडफिल्डबाट लगातार कुद्दै पेनाल्टी क्षेत्रभित्र पुगेका लोकाटेलीले सहजै गोल गरेका थिए ।

दोस्रो हाफको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । निको बरेल्लाको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहारमा स्विट्जरल्यान्डका गोलरक्षक यान सोमरले कुनै प्रतिक्रिया नै दिन सकेनन् । लोकाटेलीले आफ्नो व्यावसायिक करिअरमा एकै खेलमा दुई गोल गरेको यो पहिलो अवसर हो ।

यस्तैगरी ८९ औं मिनेटमा इम्मोबिलेले गोल गर्दै इटालीलाई ३–० को जित पक्का गरे । उनले राफाएल टोलोइको पासमा लामो दुरीबाट गरेको प्रहार गोल भएको थियो ।

इटालीले पछिल्लो १० खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने सिलसिलालाई कायम नै राख्यो । यस जितसँगै इटालीको अपराजित यात्रा पनि २९ खेलमा लम्बिएको छ । इटालीले पछिल्लो १० खेलमा गोल समेत खाएको छैन ।

यस जितसँगै समूहको शीर्ष स्थानमा रहेको इटालीको २ खेलमा ६ अंक रहेको छ । वेल्स २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ । स्विट्जरल्यान्डको १ अंक छ । इटालीले समूहको अन्तिम खेलमा वेल्सको सामना गर्नेछ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;