यूरोकपका खेलाडीले टेबलबाट बोतल हटाए युइएफएले कारबाही गर्ने

,   लिम्बुवान न्युज
                       

एजेन्सी । युरोकपको खेल पश्चात वा अघि भएका पत्रकार सम्मेलनमा केही खेलाडीहरुले कोकाकोला र बियरको बोतल हटाउन थालेपछि युरो कपको नियामकीय निकाय युइएफएले आउने दिनहरुमा त्यस्तो गतिविधि गरेमा कारबाही गरिने चेतावनी दिएको छ ।

गएको सोमबार हंगेरीसँगको खेल पूर्व पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका बेला कोकाकोलाको बोतल टेबलबाट हटाएका थिए । उनले कोकाकोलाको बोतल टेबलबाट हटाएपछि कोकाकोलाले बजारमा ४ विलियन अमेरिकी डलर घाटा व्यहोर्नु परेको थियो ।

त्यसलगत्तै फ्रान्सका पल पोग्बाले पनि त्यसैगरी पत्रकार सम्मेलनका बेला टेबलमा राखिएको हेनेकन बियरको बोतल हटाएका थिए । त्यसपछि सो बियरको सेयर मूल्यमा पनि भारी गिरावट आएको थियो । त्यसैगरी बुधबार इटालीका लोकाटेलीले पनि पत्रकार सम्मेलनका बेला कोकाकोलाको बोतल हटाएका थिए ।

खेलाडीहरुको यस्तो गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार नियामकीय निकायले खेलाडीहरुलाई सचेत गराएको छ । युरोकपको मुख्य स्पोन्सर कम्पनीहरुको उत्पादनलाई नै खेलाडीले यसरी हटाउन थालेपछि आयोजकहरुले सचेत गराइएको बताइएको छ ।

खेलाडीहरुले आउने दिनहरुमा यस्तो गतिविधि दोहो–याएमा अनुशासनको कारबाही गर्न बाध्य हुने युईएफए युरो २०२० का निर्देशक मार्टिन कलेनले बताए । फ्रान्सका खेलाडी पोग्बाले धार्मिक कारणले हटाएको बताएका छन् उने भने– ‘आयोजकले बुझ्ने कुरो हो ।’

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;