यूरोकपका खेलाडीले टेबलबाट बोतल हटाए युइएफएले कारबाही गर्ने

 लिम्बुवान न्युज
                       

एजेन्सी । युरोकपको खेल पश्चात वा अघि भएका पत्रकार सम्मेलनमा केही खेलाडीहरुले कोकाकोला र बियरको बोतल हटाउन थालेपछि युरो कपको नियामकीय निकाय युइएफएले आउने दिनहरुमा त्यस्तो गतिविधि गरेमा कारबाही गरिने चेतावनी दिएको छ ।

गएको सोमबार हंगेरीसँगको खेल पूर्व पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका बेला कोकाकोलाको बोतल टेबलबाट हटाएका थिए । उनले कोकाकोलाको बोतल टेबलबाट हटाएपछि कोकाकोलाले बजारमा ४ विलियन अमेरिकी डलर घाटा व्यहोर्नु परेको थियो ।

त्यसलगत्तै फ्रान्सका पल पोग्बाले पनि त्यसैगरी पत्रकार सम्मेलनका बेला टेबलमा राखिएको हेनेकन बियरको बोतल हटाएका थिए । त्यसपछि सो बियरको सेयर मूल्यमा पनि भारी गिरावट आएको थियो । त्यसैगरी बुधबार इटालीका लोकाटेलीले पनि पत्रकार सम्मेलनका बेला कोकाकोलाको बोतल हटाएका थिए ।

खेलाडीहरुको यस्तो गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार नियामकीय निकायले खेलाडीहरुलाई सचेत गराएको छ । युरोकपको मुख्य स्पोन्सर कम्पनीहरुको उत्पादनलाई नै खेलाडीले यसरी हटाउन थालेपछि आयोजकहरुले सचेत गराइएको बताइएको छ ।

खेलाडीहरुले आउने दिनहरुमा यस्तो गतिविधि दोहो–याएमा अनुशासनको कारबाही गर्न बाध्य हुने युईएफए युरो २०२० का निर्देशक मार्टिन कलेनले बताए । फ्रान्सका खेलाडी पोग्बाले धार्मिक कारणले हटाएको बताएका छन् उने भने– ‘आयोजकले बुझ्ने कुरो हो ।’

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...