युरोकपमा जर्मनीको पोर्चुगलमाथि शानदार जित

 लिम्बुवान न्युज
                       

काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । शनिबार घरेलु मैदानको फाइदा उठाउँदै जर्मनीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगललाई ४–२ ले पराजित गरेको हो ।

जितसँगै ३ अंक जोडेको जर्मनीले नकआउट पुग्ने सम्भावना कायम राखेको छ । जर्मनीले पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित भएको थियो ।

उता पहिलो खेलमा हंगेरीलाई ३–० ले पराजित गरेको साविक विजेता पोर्चुगल जर्मनीसँग निरिह सावित भएको छ ।

म्युनिखमा भएको खेलमा सुखद शुरुवात गर्दै १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले डिएगो जोटाको पासमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर सुरुआत देखि नै आक्रमक शैलीमा खेलमैदानमा उत्रिएका जर्मनीले बराबरी गोल पर्काउन धेरै कुर्नुपरेन । जर्मनीलाई घरेली दर्शकको राम्रै साथ रहेको थियो ।

पोर्चुगलका डिफेन्डर रुबेन डियाजको खुट्टामा लागेको बल ३५औं मिनेटमा आफ्नै गोलपोस्टमा आत्माघाती गोल गरेपछि जर्मनीले खेल बराबरी ग¥यो । यस्तै अर्को आत्माघाती गोल ३९औं मिनेटमा राफेल गुरेइराले गरेपछि पहिलो हाफमा जर्मनीले २–१ को अग्रता बनायो ।

दोस्रो हाफको ५१औं मिनेटमा रोविन गोसेन्को पासमा काइ हाभार्टले गोल गर्दै जर्मनीलाई ३–१ को अग्रता दिलाए । यस्तै ६०औं मिनेटमा जोसुअ किम्मीचको पासमा गोसेन्सले गोल गरेपछि १५ मिनेटको अन्तरमा थप २ गोल गर्दै जर्मनीले ४–१ को अग्रता बनायो ।

६७औं मिनेटमा जोटाले रोनाल्डोको पासमा गोल गर्दै गोल अन्तर कम पार्ने प्रयास गरेका थिए तर थप गोल पर्काउन नसक्दा जर्मनीले शानदार जित हात पारेको हो ।

‘ग्रुप अफ डेथ’ मानिएको समूह डी मा सबैले २/२ खेल खेलिसक्दा फ्रान्स ४ अंकसहित शीर्ष स्थानमा छ । जर्मनी र पोर्चुगलको समान ३ अंक छ भने हंगेरीको १ अंक छ ।

अब अन्तिम खेलमा जर्मनीले हंगेरी र पोर्गुचलले फ्रान्ससँग खेल्नेछ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...