फाल्गुनन्दमा कोरोना संक्रमितलाइ संकलित राहत वितरण, कोरियाबाट ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान

 लिम्बुवान न्युज
                       

पाँचथर, ६ असार । फाल्गुनन्दमा कोरोना मुक्त अभियान संचालनमा क्रियाशिल स्थानीय युवाहरुले कोरोना संक्रमित परिवारलाई रातहत वितरण गरेको छ । आइतबार कोरोना पोजेटिभ भई घरमै आइसोलेशनमा बसेकाहरुलाई खाद्यन्न सामाग्री राहत दिईएको हो ।

वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा पुगेका फाल्गुनन्द गाउँपालिकाका युवाहरुले आफ्नो कमाईको केही अंश गाउँमा कोरोना संक्रमितलाई मद्दत पुगोस् भन्ने हेतुले पठाएको रकमबाट प्रत्येक संक्रमितलाई २० केजी चामल र १ लिटर तेल कोरोना मुक्त अभियानका अभियन्ता संघीय लिम्बुवान मञ्च, नेपालका सचिव लावाहाङ्ले जनाएका छन् ।

संक्रमति परिवारलाई समस्या नपरोस्, आत्मबल बढाउन र स्वास्थ्य मापदण्ड पालना गरेर होम आइसोलेसनमा बस्न अनुरोध गर्दै पहिलो चरणमा फाल्गुनन्द फाक्तेपको जहाने, मसरे, पुछारे टोल र डाँडागाउँमा वितरण गरिएको छ । त्यसैगरी फाक्तेप ३ र ९ वार्डहरुमा पनि रातहत वितरण गरिने अभियन्ता चेम्जोङ् बताए ।

अभियन्ताका संयोजक चेम्जोङ्ले भने –‘फाल्गुनन्दलाई कोभिड–१९ मुक्त बनाउने हाम्रो अभियान’ भन्ने नाराका साथ सबै युवाहरु क्रियाशिल भएका छौ. । जापान, सिंगापुर, बेलायत, कोरिया, कतार, दुवई, साउदी, मलेसिया, बहराइन, कुवेत, भारत लगायत देशमा गएर श्रम गरिरहेका फाल्गुनन्द गाउँपालिकाका युवाहरुले अभियानलाई आर्थिक संकलन गरि पठाएको बताउँदै चेम्जोङ्ले भने फाल्गनुन्दमा पछिल्लो पटक कोरोना संक्रमण उच्चदरमा फैलिएको हुँदा त्यसको रोकथाम गर्न सक्रिय रुपमा लाग्ने र सहयोग निरन्तर प्राप्त भईरहेको समेत बताए ।

कोरियाबाट ३ लाख ५० हजार बराबरको सागाम्री गाउँपालिकालाई प्रदान

रोजगारीको शिलसिलामा कोरिया पुगेका फाल्गुनन्द गाउँपालिकाका युवाहरुले ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोरोना संक्रमणलाई न्यूनियकरण गर्न र आफ्नो घरगाउँमा आइपरेको विपत्तिमा सहयोग गरिएको कोरियामा कार्यरत भिमराज चेम्जोङ्ले बताए ।

खरिद गरिएको स्वास्थ्य सामाग्री गाउँपालिकाकालाई हस्तान्तरण गरिएको अभियान्ता लावाहाङ चेम्जोङ्ले बताए ।

सामाग्रीहरु पिपिइ (स्वास्थ्य कर्मीले लगाउने ड्रेस) २४ सेट, पल्स अक्सिमिटर अक्सिजन नाप्ने १२ ओटा, थर्मलगन् ज्वरो नाप्ने १२ ओटा, कप सिरफ खोकीको झोल२०० ओटा, भिटामिन (सि) २५ बट्टा वा ४०० स्ट्रिप, सेनिटाईजर छ लिटरको २० ओटा र ५०० एमएलको ६० ओटा, माक्स २५ हजार पिस, गम्बुट १२ ओटा, ग्लोब्स २० बक्स, प्यारा सिटामोल ७ हजार ट्याब्लेट, चेबन प्रास आयुर्वेदिक औषधि कोरोना बिरामीले खाने १०० केजी, कस्तुरी भुषण ७५ पिस, ग्यस्टी मधु चूर्ण ५० पिस र लक्ष्मी विलास रस २ हजार ट्याब्लेट प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...