लिम्बुवान प्रवास बहराइनका अध्यक्ष इजमको निधन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति बहराइनका अध्यक्ष मन कुमार इजमको निधन भएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले सामाजिक संजालबाट अध्यक्ष इजमको कोरोना भाईरसबाट कर्मथलो बहराइनमा उपचारको क्रममा निधन भएको पुष्टि गरेका छन् ।

ताप्लेजुङ् सिम्बेवामा जन्मिएका इजम लगायत परिवार हाल झापाको मेचीनगर चारआलीमा स्थायी बसोबास गर्दै आएका थिए । उनी लामो समय देखि रोजगारीको शिलशिलामा बहराइनमा कर्मथलो बनाई बसेका थिए ।

पहिचान, संघीयता, धर्मनिरपेक्षतासँगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत लिम्बुवान सहितको १०+१ प्रान्त निर्माणको आन्दोलनमा शसक्त आवाज उठाउने गरेका लिम्बुको मञ्चमा आर्थिक भौतिक सहयोग समेत उल्लेनिय भएको मञ्च स्रोतले जनाएको छ । प्रवासमा रहेरपनि लिम्बुवानको मुद्दालाई उठाई राख्नुहुने अन्त्यन्तै समाजसेवी अध्यक्ष इजजको मृत्युले मञ्चलाई अपुरणीय क्षति पुगेको मञ्चका प्रान्तीय महासचिव अशोक चेम्जोङ्ले बताए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...