यूरो कप अन्तर्गत समूह ‘डि’ बाट इंग्ल्याण्ड समूह विजेता, क्रोएसिया उपविजेता र उत्कृष्ट तेस्रो स्थानमा पर्दै चेक रिपब्लिक पनि अन्तिम १६ प्रवेश

,   लिम्बुवान न्युज
                       

काठमाडौं, ९ असार । रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्दै इंग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । यसरी क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने यसै समूहका चेक रिपब्लिक पनि उत्कृष्ट तेस्रो स्थानमा पर्दै नकआउट चरणमा पुगेको छ ।

गएराति घरेलु मैदान वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डका लागि स्टर्लिङले खेलको १२औं मिनेटमा गोल गरेका थिए । यसअघि पहिलो खेलमा क्रोएसियालाई हराउँदा पनि उनै स्टर्लिङले गोल गरेका थिए । इंग्ल्याण्डले स्कटल्याण्डसँग भने गोलरहित बराबरी खेलेको थियो ।

जितपछि ३ खेलबाट ७ अंक जोड्दै इंग्ल्याण्ड समूह विजेता बन्यो । उता हारपछि पनि चेक रिपब्लिक तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । ३ खेलबाट ४ अंक जोडेको चेक रिपब्लिक तेस्रो हुनेमध्ये उत्कृष्ट हुँदै नकआउट चरणमा पुगेको हो ।

यसैगरी क्रोएसियाले स्कटल्याण्डलाई पराजित गरेपछि क्रोएसिया समूह उपविजेता बनेको हो । स्कटल्याण्डलाई ३–१ ले पराजित गर्दै क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको छ । स्कटल्याण्डलाई उसकै होम ग्राउण्ड हाम्डेन पार्कमा खेलको १७औं मिनेटमा भ्लासिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । खेलको ४२औं मिनटमा म्याकग्रेथोरले स्कटिस टोलीका लागि बराबरी गोल गरेका थिए । तर दोस्रो हाफमा मोडरिचले ६२ औं र पेरिसिचले ७७औं मिनेटमा गोल गरेपछि क्रोएसिया विजयी भएको हो ।

जितपछि क्रोएसियाले ३ खेलबाट ४ अंक जोड्यो । क्रोएसिया र चेक रिपब्लिकको समान अंक र गोल अन्तर रहेपनि धेरै गोल गरेका आधारमा क्रोएसिया अघि रहेको हो । ३ खेलबाट १ अंक मात्र भएको स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;