‘ए’ डिभिजन लिग असोज ३ बाट शुरु हुने

,   लिम्बुवान न्युज
                       

काठमाडौं, १४ असार । कोरोना महामारीका कारण अस्तव्यस्त रहेको खेलक्षेत्र विस्तारै सक्रिय बन्दै गएको छ । यस्तै सहिद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियोगिता असोजको पहिलो साताबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार यस वर्षको ’ए’ डिभिजन लिग असोज ३ गतेबाट सुरु गर्ने बताएको हो ।

एन्फाले ‘ए’ डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको मिति तय गरेको हो । यस्तै एन्फाले लिगका लागि जुलाई ३० बाट खेलाडी दर्ता खुला हुने समेत जनाएको छ ।

एन्फाले प्रतियोगिता असोजमा सुरु हुने मिति घोषणा गरेपनि सकिने मिति खुलाएको छैन । एन्फाको क्यालेन्डर अनुसार ’ए’ डिभिजन लिग भदौ देखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ । तर, एन्फाले यस सिजनको शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ ।

एन्फाले कोरोना महामारीको कारण अघिल्लो वर्ष ‘ए’ डिभिजन लिग फूटबल आयोजना गरेको थिएन ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;