पुरा भयो युरोकप २०२० को क्वाटरफाइनल समीकरण

,   लिम्बुवान न्युज
                       

६ असार, काठमाडौं । युरोकप २०२० को मंगलबार राति सम्पन्न दुई खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति जर्मनी र स्वीडेनले हार व्यहोर्दै क्वाटरफाइनल पुग्ने ८ वटै देशको टुङ्गो लागेको हो ।

मंगलबार राती भएको पहिलो खेलमा इंग्ल्याण्डले जर्मनीलाई २–० ले र अन्तिम खेलमा युक्रेनले स्वीडेनलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

यो सँगै क्वाटरफाइनलको समीकरण पनि तय भएको छ । अब क्वाटरफाइनलमा स्विट्जरल्याण्डले स्पेनसँग, बेल्जियमले इटलीसँग खेल्नेछ भने चेक रिपब्लिकले डेनमार्कसँग र इंग्ल्याण्डले क्वाटरफाइनलमा युक्रेनसँगै भिड्नेछ ।

साविक विजेता पोर्चुगल, साविक उपविजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनी भने यूरोकप २०२०को अन्तिम १६ बाटै आउट भएका छन् ।

यूरोकप २०२० को क्वाटरफाइनलका खेलहरु जुलाई २ यहि शुक्रबार देखि सुरु हुनेछ ।

क्वाटरफाइनल खेल तालिका हेर्नुहोस्ः

– स्विट्जरल्याण्ड भर्सेस स्पेन : जुलाई २ (असार १८ गते), ९ः४५ बजे (सेन्ट पिटर्सवर्ग, रुस)
– बेल्जियम भर्सेस इटली : जुलाई २ (असार १९ गते), १२ः४५ बजे (म्युनिक, जर्मनी)
– चेक रिपब्लिक भर्सेस डेनमार्क : जुलाई ३ (असार १९ गते), ९ः४५ बजे (बाकु, अजरवैजान)
– युक्रेन भर्सेस इंग्ल्याण्ड : जुलाई ३ (असार २० गते), १२ः४५ बजे (रोम, इटली)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;