उद्यमी जुनु लावती प्रदेश सरकारद्वारा सम्मानित

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ, १८ जेठ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ निवासी जुनु कुमारी लावती सम्मानित भएकि छिन् ।

सोमबार प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ विराटनगरमा सोमबार आयोजित प्रदेश स्तरीय उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान कार्यक्रममा लावती नगद ५० हजार रुपैंयासहित सम्मानित भएकि हुन् ।

लावतीसंगै पाँचथरबाट फिदिम नगरपालिका वडा नम्बर ८ मा संचालित त्रिशक्ति दुग्द तथा ललिपप उद्योगको संचालिका दिकी शेर्पा पनि सम्मानित भएकी छिन् । यसैगरि १४ जिल्लाका २८ उद्यमी महिला सम्मानित भएका छन् ।

मिक्लाजुङ १ मा २०६८ सालदेखि माङ्पाहाङ लावती कृषि उद्योग संचालन गर्दै आएकी लावती कृषि उद्योगमा आवद्ध रहँदै सफल उद्यमीको रुपमा स्थापित भइ अन्य महिलालाई समेत उद्यमी/व्यवसायी बन्न अभिप्रेरित गर्ने सराहनीय काम गरेकोमा सम्मान गरेको मन्त्रालयले जनाएको छ ।

उक्त सम्मान सामाजिक विकास मन्त्री राजन राई सहित राज्यमन्त्री विष्णु तुम्वाहाम्फे, मन्त्रालयका सचिव दिर्घ राज मैनाली लगायत महाशाखा प्रमुख समेतले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए ।

‘महिलाको सम्मान, सभ्य समाजको पहिचान’ भन्ने नाराका साथ सामाजिक विकास मन्त्रालयले प्रदेश भरका सबै जिल्लामा महिलाका नाममा घरेलु कार्यालयमा दर्ता भइ उत्कृष्ठ ढंगले निरन्तर संचालनमा रहेका उद्योगलाई मन्त्रालयले जारी गरेको मापदण्ड पुरा भएको आधारमा हरेक जिल्लाका दुई वटा उद्योगलाई सम्मान गरेको हो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...