दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
मिक्लाजुङ, १८ जेठ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ निवासी जुनु कुमारी लावती सम्मानित भएकि छिन् ।
सोमबार प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ विराटनगरमा सोमबार आयोजित प्रदेश स्तरीय उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान कार्यक्रममा लावती नगद ५० हजार रुपैंयासहित सम्मानित भएकि हुन् ।
लावतीसंगै पाँचथरबाट फिदिम नगरपालिका वडा नम्बर ८ मा संचालित त्रिशक्ति दुग्द तथा ललिपप उद्योगको संचालिका दिकी शेर्पा पनि सम्मानित भएकी छिन् । यसैगरि १४ जिल्लाका २८ उद्यमी महिला सम्मानित भएका छन् ।
मिक्लाजुङ १ मा २०६८ सालदेखि माङ्पाहाङ लावती कृषि उद्योग संचालन गर्दै आएकी लावती कृषि उद्योगमा आवद्ध रहँदै सफल उद्यमीको रुपमा स्थापित भइ अन्य महिलालाई समेत उद्यमी/व्यवसायी बन्न अभिप्रेरित गर्ने सराहनीय काम गरेकोमा सम्मान गरेको मन्त्रालयले जनाएको छ ।
उक्त सम्मान सामाजिक विकास मन्त्री राजन राई सहित राज्यमन्त्री विष्णु तुम्वाहाम्फे, मन्त्रालयका सचिव दिर्घ राज मैनाली लगायत महाशाखा प्रमुख समेतले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए ।
‘महिलाको सम्मान, सभ्य समाजको पहिचान’ भन्ने नाराका साथ सामाजिक विकास मन्त्रालयले प्रदेश भरका सबै जिल्लामा महिलाका नाममा घरेलु कार्यालयमा दर्ता भइ उत्कृष्ठ ढंगले निरन्तर संचालनमा रहेका उद्योगलाई मन्त्रालयले जारी गरेको मापदण्ड पुरा भएको आधारमा हरेक जिल्लाका दुई वटा उद्योगलाई सम्मान गरेको हो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...