लिम्बुवानखबर ।निर्देशक हाङ चेम्जोङको निर्देशनमा पुष्पाञ्जली तिल्लीङ लिम्बू‘चापेती कुम्मा’ र राज लिम्बूको दमदार अभिनय रहेको पुर्वेली लोकभाकामा सजिएको गीत ‘सत्रथुम’ को भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार पेशल माबुहाङको शव्द, संगीतकार सञ्जय तुम्बाहाम्फेको संगीत तथा गायक पेपराज माबुहाङ र गायीका श्रेयसी चेम्चोङको सुमधुर आवाजमा सजिएको गीत ‘सत्रथुम’ को भिडियो रीता फोम्बो ठुलीको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
तेह्रथुमको चोत्लुङ पार्कदेखि पाँचथरको त्रिसाली मेलासम्मको स्थानहरुमा छायाँकन गरिएको भिडियोमा तेजेन्द्र चेम्जोङ, जीवन केदेम, सुमन लिम्बु, प्रमिशा सम्बाहाम्फे, आरती सम्बाहाम्फे र दिब्या सम्बाहाम्फे लगायतको समेत अभिनय रहेको छ ।
इशाक जबेगु र धिरेन तुम्बापाेको छायाँकन रहेको यस भिडियोको सम्पादन पनि जबेगुले नै गरेका हुन् भने श्रृङ्गार सुमन मग्रातीले गरेका हुन् ।
राजु कार्कीको संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोलाई गीतकार रीता फोम्भो ठूलीले निर्माण गरेका हुन् ।
काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...
उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...
ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...
ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै जिम्मेवारीबाट राजीनामा...