राई र सन्तराजले उपचार सहयोगको लागि गरे याचना

 लिम्बुवान न्युज
                       


मक, झापा । झापाको शिवसताक्षी ८ बसोबास गर्ने २८ वर्षीय विशाल राई र रेणु सन्तराजले उपचार सहयोगका लागि याचना गरेका छन् ।
बुधबार पत्रकार मञ्च दमकको सभाहलमा राईका तर्फबाट विशाल दुमी राई बचाउ अभियानले पत्रकार सम्मेलन आयोजना गरेर उपचारको सहयोगका लागि याचना गरेको हो । साेही कार्यक्रममा रेणु सन्तराजकाे परिवारले पनि सहयाेगकाे याचना गरेका छन् । अभियानका संयोजक बलबहादुर राईका अनुसार विशालको पारिवारिक अवस्था अत्यन्त नाजुक रहेको र हालसम्म ४–५ लाख रकम उपचारका क्रममा खर्च भइसकेको छ ।
हाल सिभिल अस्पताल काठमाडौंमा उपचार गराइरहेका विशालको शरीरको रगत परिवर्तन गर्नुपर्ने चिकित्सकले सल्लाह दिएको र सो कार्यका लागि ३० देखि ३५ लाख खर्च हुने बताइएको छ ।
अभियानका तर्फबाट इच्छुक मनकारी दाताहरुसँग सहयोगको अपेक्षा गरिएको पत्रकार सम्मेलनमा जारी अपिलमा उल्लेख छ ।
सहयोगका लागि अभयिानले सेन्चुरी बैंक, दमक शाखामा बलबहादुर राई र धिरज राईको नाउँमा बैंक खाता खोलेको जानकारी दिइएको छ ।
सहयोग गर्न इच्छुक दाताहरुलाई सेन्चुरी बैंकको दमक शाखामा खता नम्बर 0570001530C5 मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरिएको छ ।

यस्तैगरी सोही मञ्चको सभाहलबाट दमक ७ निवासी ५२ वर्षीया रेणु सन्तराजको परिवारले पनि उपचार सहयोगको याचनासहित दाताहरुसमक्ष अनुरोध गरेका छन् ।
२ वर्षअघिदेखि दुवै मृगौला खराब भइ बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार गराइरहेकी सन्तराजको परिवारले सहयोग गरिदिनहुन अनुरोध गर्दै पत्रकार सम्मेलन गरेका हुन् ।
बिगत ४० वर्षदेखि दमकमा ढुङ्गाको जातो, सिलौटालगायत घरायसी सामग्री कुँदेर जिविकोपार्जन गर्दै आएकी सन्तराजको उपचारका क्रममा जायजेथासमेत सकिएको उनका छोरा मुकेश सन्तराजले जानकारी दिए ।
उनलाई सहयोग गर्न इच्छुकले मुकेश सन्तराजको नाममा प्राइम कमर्सियल बैंक दमक शाखामा रहेको खाता नम्बर 03501810CA मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...