माङ्सेबुङले किरात लिम्बु भाषालाई सरकारी कामकाजि भाषा बनाउने घोषणा

 लिम्बुवान न्युज
                       


दमक, १० असार । इलामको माङ्सेबुङ गाउँपालिकाले किरात लिम्बू भाषालाई सरकारी कामकाजि भाषा बनाउने भएको छ । पालिकाको ११ औ गाउँसभाले नीति तथा कार्यक्रममा लिम्बू भाषालाई सरकारी कामकाजीको भाषा बनाउने घोषणा गरेको हो ।

माङ्सेबुङ गाउँपालिकामा सबैभन्दा धेरै ४३ प्रतिशत जनसंख्याले बोल्ने किरात लिम्बू भाषालाई गाउँपालिकाको सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने भएको हो । पालिकामा लिम्बू भाषिक कर्मचारीको समेत ब्यवस्था गरि कार्य संचालन गर्ने बताइएको छ ।
लिपिमा किरात सिरिजङ्गा लिपिको प्रयोग गरिनेछ । गाउँपालिकाभित्र ३६ प्रतिशत रहेको राईहरुको मध्यनजर गर्दै आगामी आर्थिक वर्षमा वान्तावा भाषिक कर्मचारीको ब्यवस्था गरिने नीति तथा कार्यक्रममा बताइएको छ ।

माङ्सेबुङ गाउँपालिकामा ४३ प्रतिशत लिम्बू र ३६ प्रतिशत राई जातिहरूको बसोबास रहेको छ । पालिकाभित्र सबैभन्दा धेरै लिम्बूहरूको बसोबास रहेको छ । जातिय बहुसंख्यकको आधारमा प्रत्येक वडामा भाषिक कर्मचारीहरुको ब्यवस्था गरिने नीति कार्यक्रममा समेटिएको छ ।
नीति तथा कार्यक्रममा राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको सम्मानको लागि फाल्गुनन्द मार्गको नामकरणको लागि फहल र फाल्गुनन्द पार्क निर्माण गर्ने जनाइएको छ ।

पालिकामा सम्पुर्ण जातिहरुको भाषा, लिपि, धर्म, कला सस्कृतीको संरक्षण सम्बर्द्धनको लागि नीति अवलम्बन गर्ने बताएको छ ।
यसअघि माङ्सेबुङ ५ मा २०७५ साल देखिनै लिम्बू भाषा कामकाजी भाषा घोषणा भएको हो । (तस्वीरः माङसेबुङन्यूज अनलाइन)

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...