लागुऔषध कारोबारमा संलग्न पाँच जना पक्राउ

 लिम्बुवान न्युज
                       

दमक/ झापाको शिवसताक्षी १० दोमुखाबाट लागुऔषध कारोबारमा संलग्न दमकका दुई जनासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार अपरान्ह करिब ४ बजे गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ईलाम माई ८ का २५ बर्षिय सुजेन्द्र राई, झापा कन्काई ३ का ४३ बर्षिय बेनु प्रसाद चिमरिया सोही ठाउँका ३२ बर्षिय हेम नारायण चौधरीलाई ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ १७ ग्रामसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ८८ हजार ५००, दुई थान मोबाइल तथा मे ५ प ५९९८ , प्रदेश १ –०१–०१३ प २५५८ र मे ४ प १६९५ नम्बरका मोटरसाइकलहरु समेत फेला पारेको छ ।
उनीहरुमाथि थप अनुसन्धानका क्रममा दमक १० का २८ बर्षिय सुजन राई र २५ बर्षिय सुरज तामाङलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राई र तामाङलाई माईधारबाट को ६ प ६९४८ नम्बरको मोटरसाइकल रोकेर बसेको अवस्थामा पक्राउ गरेको जनाइएको छ । दोमुखा र माइधारमा भेटिएका ति दुई समुहका बीचमा लागुऔषध कारोबारका लागि सम्पर्क रहेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाई छ । उनीहरु पाँचै जनालाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर आइतबार झापा जिल्ला अदालतबाट १० दिनको म्याद थप आदेश लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...