दमकमा अल नेपाल मुए च्याम्पियनसीप टुर्नामेन्ट सम्पन्न

,   लिम्बुवान न्युज
                       

दमक/ नेपाल खेलकुद महासंघ दमक नगर कमिटीको आयोजनामा आइतबार दमकमा राष्ट्रियस्तरको अल नेपाल मुए थाइ (फाइट)च्याम्पियनसीप टुर्नामेन्ट सम्पन्न भएको छ ।

रोयल पार्टी प्यालेस दमकमा भएको टुर्नामेन्टमा देशभरका २२ जना खेलाडीहरुले भाग लिएका थिए । प्रतियोगिताको उदघाटन गर्दै नेपाल खेलकुद महासंघ १ नम्बर प्रदेश कमिटीका अध्यक्ष राजकुमार थापाले खेल क्षेत्र अब नेपाली समाजको एउटा अभिन्न अंग भइसकेको बताए ।

उनले खेल क्षेत्र र खेलाडीहरुलाई हेर्ने पुरानो दृष्टिकोण समाजमा बदलिइसकेको भन्दै मानिसको जिवन खेलकुद बिना अधुरो रहेको उल्लेख गरे । उनले खेलकुद महासंघ व्यवसायिक खेलकुद बिकासका निम्ति सदैव क्रियाशील रहेको पनि उल्लेख गरे ।

यस किसिमका प्रतियोगिताहरुले खेलाडीहरुको प्रतिभा उजागर गर्न पनि मद्धत पुरयाउने उनको भनाई थियो । प्रतियोगितामा पूर्णजित राई पहिलो, अजित महर्जन दोश्रो तथा देवेन्द्र खडका र रोयल राई तेस्रो भएका थिए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई नगद पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो ।

नेपाल खेलकुद महासंघ प्रदेश १, हिमालय ब्लड किक बक्सिङले सहयोग रहेको प्रतियोगिता नेपाल खेलकुद महासंघ झापा जिल्ला अध्यक्ष भवानी बराल, नेपाल खेलकुद महासंघ दमक नगर कमिटी अध्यक्ष टीका सापकोटा लगायत अन्य महासंघका पदाधिकारी तथा सदस्य हरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रोशन सिम्खडाले गरेका थिए । (प्रदेश अावाजबाट)

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;