मुलुकभर उन्मुक्ति प्रवेशको लहर, हजाराैंलाई पार्टीमा स्वागत

 लिम्बुवान न्युज
                       

११ असार, लिम्बुवान ।  नागरिक उन्मुक्ति पार्टी (एकीकृत)मा मुलुकभर हजाराैं जना पार्टी प्रवेश गरेका छन् । आइतबार बर्दियाको गुलरियामा पार्टी कार्यालयको उद्घाटन गर्दै संरक्षक रेशम चाैधरीले यस्तो बताएका हुन् ।

राष्ट्रपति रामचन्द्र पाैडेलबाट गत साउन १५ गते चाैधरीले अाम माफी पाइ रिहाइ भएकै दिन देखि देश दाैडाहामा सुदुरपश्चिम देखि पूर्व झापासम्म  तराइका २२ वटै जिल्लाहरूमा सयाैं कार्यक्रमहरू भएसँगै  हजाराैंले पार्टी प्रवेश गरेकाे उनले बताएका छन् ।

पार्टीका संरक्षक चौधरीले आफ्नो पार्टीको मुल लक्ष्य मुलुकको सुशासन, विकास र समृद्धि नै भएको बताएका छन् ।

सबै नागरिकले समान रुपमा जीवन जिउन पाउनु पर्ने र त्यसको ग्यारेण्टी राज्यले लिनु पर्ने भन्दै उनले सबै दलका नेताहरुले यसमा गम्भिर बन्न आग्रह समेत गरे ।

पार्टी कार्यालय उद्घाटनसँगै विभिन्न दलहरु परित्याग गरि आएकाहरुलाई उनले पार्टी प्रवेश समेत गराए ।  उनले जनताका मुद्दामा इमान्दार बनेर काम गर्ने पार्टी नाउपा मात्रै भएकाले अब यसको विकल्प नभएको समेत दाबी गरे ।

आफुले मुलुकभर संगठन विस्तार एवं भेटघाट गरिरहँदा जनताले देखाएको विश्वासलाई आफुले कहिल्यै नतोड्ने समेत बताए । सबै जाती वर्गहरूलाइ समेट्ने पहिचानवादी पार्टीमा प्रवेशको लहरले एकताबद्धरुपमा मुलुकको विकास गर्न सहयोग पु¥याउन आफ्नाे इच्छा थप बलियो बन्दै गएको उनले बताए ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;