पद्यम सुन्दर लावती प्रतिष्ठानद्वारा राहत वितरण

 लिम्बुवान न्युज
                       

दमक, २७ जेठ।  पदम सुन्दर लावती प्रतिष्ठानले आईतबार राहत वितरण गरेको छ । पुर्वमन्त्री तथा विकासवादी नेता पदम सुन्दर लावतीको ९औं स्मृति दिवसको अवसर पारेर राहत वितरण गरीएको हो ।

प्रतिष्ठानले फिदिम २ ओदिनमा रहेको आदर्श आधारभूत आवासीय विद्यालयलाई एक कार्यक्रमका बिच राहत सामाग्री वितरण गरेको हो ।विद्यालयलाई नगद १५ हजार पाँचसय रुपैया बराबरको चामल, दाल, तेल, साबुन लगायतको खाद्य सामाग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विजयबोध लावतीले बताए ।

वितरण कार्यक्रममा पदम सुन्दर लावती प्रतिष्ठानका संरक्षक सल्लाहकार तथा पदम् सुदर लावतीका छोरा सगुन सून्दर लावती, समाजसेवी होम लावती लगायतले विद्यालयलाई राहत वितरण गरेका थिए ।

पाँचथर जिल्लाका विभिन्न क्षेत्रबाट निम्न परिवार भएका करिब २० बालबालिकाहरूलाई यस विद्यालयले आवासीय शिक्षा दिईरहेको पत्रकार समेत रहेका स्थानीय नारायण तुम्बापोले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

शुसीला कार्कीले प्रधानमन्त्रीकाे लिइन् सपथ

काठमाडाैं, २७ भदाैं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ६१ बमोजिम नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति  पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो...

गृहमन्त्री लेखकले दिए राजीनामा

ललितपुर, २३ भदाैं ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका...

जेन जि आन्दोलन देशब्यापी: १४ को मृत्यु: सयौं घाइते

ललितपुर, २३ भदौ / जेन-जीको देशव्यापी प्रदर्शन जारी, केही नेटवर्कमा भीपीएन बिनै चल्न थालेको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनदेखि भ्रष्टाचार अन्त्यको माग गर्दै जेन-जी पुस्ताले गरिरहेको विरोध प्रदर्शनले हिंसात्मक रूप लिँदै गएको छ ।...

सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम  मात्र होईन : अन्यायको विरोध गर्ने ठाउँ पनि हो !

प्रेमचन्द्र झा नेपालमा पछिल्ला केही वर्षयता अभिव्यक्ति स्वतन्त्रतामाथि विविध बहानामा बारम्बार हस्तक्षेप हुँदै आएको छ। राष्ट्रियताको नाममा, सामाजिक सद्भावको रक्षा गर्ने बहानामा, वा झूटा सूचना नियन्त्रण गर्ने नाउँमा सरकारले विभिन्न चरणमा सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने...