मुक्कुमङ वृक्षारोपण अभियानमा ६ हजार विरुवा रोपियो

 लिम्बुवान न्युज
                       


दमक, ३२ जेठ । ताप्लेजुङको पाथीभरायाङवरक गाउँपालिकास्थित मुकुम्लुङ क्षेत्रमा पहिलो दिन करिब ६ हजार बिरुवा रोपिएको छ । मुकुम्लुङ संयुक्त संर्घष समितिको आयोजनामा शुरु गरिएको २० हजार भन्दा बढी बिरुवाको वृक्षारोपण अभियानको पहिलो दिन उक्त विरुवा रोपिएका हुन् ।
संघर्ष समितिले जेठ ३१ र ३२ गते बृहत वृक्षारोपण आयोजना गर्ने कार्यक्रमसँगै विहिबार गुरासँका विभिन्न प्राजातीहरु, धुपी, चिमल, रौट सालहा, चाप लगायतका ६ हजार विरुवा रोपिएको अभियानन्ता सरोज कङलिवाले बताउनभयो । उहाँका अनुसार वृक्षारोपणमा ४ सय पचास भन्दा धेरै अभियानकर्मीहरुले बिरुवा रोपिएको हुन ।
संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बूका अनुसार वृक्षारोपणका लागि आवश्यक पर्ने नर्सरी जिल्ला स्थित रहेको सामुदायिक वनमा रहेका नर्सरीर्फाम, वन कार्यालय अन्तरगत रहेका नर्सरीहरुबाट विरुवा खरिद गरेर उक्त क्षेत्रमा वृक्षारोपणको अभियान थलेको बताए । यसैगरी उक्त अभियानमा ताप्लेजुङ बाहेकका जिल्लाहरु पान्थर, इलामबाट समेत वोटविरुवा लगिएको अभियानमा सहभागी किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम एक्तेनले बताए ।

विहीबार यक्वा सेवा पूजा सहित वृहत्त वृक्षारोपण अभियान सुरु गरेका छौं । आज देखि सुरु हुने अभियान आसार १५ गते सम्म सञ्चालन गर्ने संयोजक फेम्बुले बताए ।
पाथीभरा केबलकार निर्माणका लागि निर्माण पक्षले गत बैशाख अन्तिम साता रुख कटान गरेपछि त्यस क्षेत्र अझै अशान्त रहेको छ । राष्ट्रिय फुल गुरासँ कटान गरेको भन्दै समितिले विरोध गर्दै आइरहेको छ । यस्तै संयोजक फेम्बुले आजभन्दा चार वर्ष अगाडी यस क्षेत्रमा आगलागी भएको थियो । उक्त आगलागीबाट नष्ट भएको बन जंगलमा अझै बोट बिरुवा हुर्कन सकेको छैन त्यस क्षेत्रहरुमा समेत वृक्षारोपण गर्ने बताए ।
वृक्षारोणसंगै बिरुवा हुर्काउन तथा दिर्घकालीन संरक्षणका लागि समेत संघर्ष समितिले जिम्मेवार लिने संयोजक फेम्बुले जनाएको छ । उक्त बृहत वृक्षारोपण कार्यक्रम तथा नो केवलकारका अभियान्ताहरु प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिमा आबद्ध विभिन्न संघ संस्था, राजनैतिक दल साथै सामाजिक अभियन्ताहरुसमेत सो क्षेत्रमा वृक्षारोपणका लागि बुधबार नै पुगेका छन् ।


प्रदेशको नाम कोशी खारेजीसँगै पाथीभरालाई मुक्कुमलुङ नामाकरणका साथै त्यसक्षेत्रको वातावरणीय पर्यावरणलाई नस्ट पार्ने केवलकार निर्माण रोक्न आन्दोलनरत सबै पक्षहरु वृक्षारोपण कार्यक्रममा सहभागी भएको कियाचू संघीय अध्यक्ष एक्तेनले बताउनु भयो ।

तस्वीरः सराेज कङ्लिवा

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...