मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

 लिम्बुवान न्युज
                       

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार १ गते दुई दिन वृक्षारोपण कार्यक्रम गर्न लागिएको हो ।

‘मुक्कुम्लुङ संरक्षण’ र ‘नो केबलकार’ आन्दोलनलाई निरन्तरताका लागि रचनात्मक कार्यक्रम तय गरिएको मुक्कुमलुङ संघर्ष समितिका संयोजक श्री लिङखिमले बताउनु भयो ।

यस्तै असार २ गते तमोरखोला (इम्बिरी याङधाङवा) क्षेत्रमा प्रस्तावित जलविद्युत् आयोजनाको स्थलगत अध्ययन गरी त्यसको असरको मूल्यांकन गर्ने र आन्दोलनका आगामी कार्यक्रमको रूपरेखा तयार गर्न आवश्यक निर्णय लिने जनाइएको छ।

मुक्कुमलुङ क्षेत्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक दृष्टिले मूल्यवान् भएकाले त्यसको अतिक्रमण र व्यवसायीकरण रोक्नु नै आन्दोलनको लक्ष्य रहेको संघर्ष समितिले जनाएको छ ।

“सरकार र केबलकार परियोजना पक्षधरबीचको मिलेमतो, नागरिकको आवाजको बेवास्ता र ‘विकास’को नाममा भइरहेको सांस्कृतिक विनाशविरुद्ध अबको आन्दोलन अझ व्यापक र अन्तर्राष्ट्रियस्तरमा फैलाइने छ,” आन्दाेलनरत पक्षले जनाएकाे छ ।

आफूहरूले बारम्बार वार्ता र संवादको पहल गरे पनि सरकारले गम्भीरतापूर्वक नलिएको र सहमति तोडेको संघर्ष समितिको आरोप छ । २०८१ माघ २२ गते भएको ६ बुँदे समझदारीपछि उच्चस्तरीय वार्ता हुने सहमति भए पनि सरकारले वार्ता टोली नै नबनाएको समितिले जनाएको छ ।

यसैक्रममा पाथीभरा संरक्षण विकास समितिले एक विज्ञप्ति जारी गर्दै त्यसक्षेत्रमा कुनैपनि कृयाकलाप गर्नुपूर्व समितिसँग पूर्वस्वीकृति लिनु पर्ने भनी सूचना जारी गरिएको प्रति संघर्ष समितिले भत्सर्ना गरेकाे छ ।

आफ्नो सांस्कृतिक सम्पदा संरक्षण गर्ने अधिकार आदिवासी जनजातिहरुलाई भएको र संयुक्त राष्ट्रसंघको श्रम संगठन आइएलओ १६९ अनुसार जल, जंगल र जमिन माथिको जातीय अधिकारमाथि नै कुण्ठित गर्ने कार्य गरेकाेमा यसकाे घाेर विराेध गरिने प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका संयाेजक डेकन्द्र सिंह थेगिमले बताउनु भयाे ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;