मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

,   लिम्बुवान न्युज
                       

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु र देवान सिं मादेन (बिरही कान्छा परदेशी )लाई चयन गरिएको छ भने महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश : उदय भट्टराई, नवराज आचार्य र लीला आँसु रहनुभएको छ । त्यस्तै सहसचिव र सहकोषाध्यक्षमा क्रमश : लक्ष्मी चुँडाल र केपी किराँती चयन हुनुभएका छन्।

यसैगरी सदस्यहरूमा पोष्टबहादुर गुरुङ, होमनाथ दाहाल, सुनिता भुर्तेल , अनिशा लोहार र जीवन कालिकोटे चयन हुनुभएको नवगठित कार्यसमितिका अध्यक्ष हेल्लोकले बताए ।

संस्था एक वर्ष पुगेको अवसरमा शनिबार बिहान सदरमुकाम फुङ्लिङदेखि सुकेटारसम्म साहित्यिक पदयात्रा र अग्रज साहित्यकारहरुलाई सम्मान  गरेको थियो  ।  जिल्लाका अग्रज साहित्यकार काजी गुरुङ र चन्द्र मादेन (अन्छान)लाई सम्मान गरिएको बताइएको छ ।

पदयात्रामा १०० को हाराहारीमा सहभागिता रहेको अध्यक्ष हेल्लोकले जानकारी दिएका छन्। नयाँ सर्जकहरूलाई साहित्यप्रति उत्प्रेरित गर्नु र साहित्यलाई थप प्रचारप्रसार गर्नु समितिको मुख्य काम रहने अध्यक्ष हेल्लोको भनाई छ ।

 

सम्बन्धित समाचार

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

;