राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

 लिम्बुवान न्युज
                       

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने भएको छ ।

प्रतिष्ठानले  २०८३ भदौ १८ गतेदेखि असोज २२ गतेसम्म पूर्ण रूपमा  अनलाइन माध्यमबाट प्रशिक्षण  सञ्चालन गर्ने निमित्त प्रमुख राम मादेनले बताएका छन् ।

प्रशिक्षण नेपाली समयअनुसार प्रत्येक साँझ ७ः०० बजेदेखि ९ः३० बजेसम्म सञ्चालन हुने प्रतिष्ठानले जनाएकाे छ ।  देश तथा विदेशमा रहेका इच्छुक आदिवासी जनजाति समुदायका व्यक्तिहरूले समेत अनलाइन माध्यमबाट www.nfdin.gov.np मार्फत फारम भर्न सक्ने र सहभागी हुन सक्ने बताइएको छ ।

तालिमका लागि २०८३ भदौ १५ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ । । प्रशिक्षणमा सहभागी हुन सेवा शुल्क एक हजार तोकिएको छ ।
प्रशिक्षणमा सहभागीहरूलाई वर्तमान डिजिटल युगमा आवश्यक पर्ने विभिन्न प्रविधि तथा सीपहरूलाई व्यावहारिक र सिर्जनात्मक ढङ्गले सिकाउने घोषणा गरेको छ ।

प्रशिक्षणअन्तर्गत निम्न विषयहरू समेटिएका छन्ः
१. Artificial Intelligence & AI Content Creation
AI Tools, Prompt Engineering, AI Writing, AI Image & Video Generation, Agentic AI लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
२. AI Tools, Prompt Engineering, AI Writing, AI Image & Video Generation, Agentic AI तथा Notebook सम्बन्धी ज्ञान र सीप प्रदान गरिनेछ। ।
३. Professional Video Editing CapCut, Filmora tyf Adobe Premiere Pro योग गरी व्यावसायिक स्तरको भिडियो सम्पादन गर्ने सीप सिकाइनेछ। ।
४. Social Media Content Creation
Facebook, TikTok, YouTube, Instagram, Reels तथा प्रभावकारी Content Strategy निर्माणसम्बन्धी प्रशिक्षण दिइनेछ
५.WordPress Web Design & Development, WordPress मार्फत Website Design, Basic SEO, Domain tyf Hosting सम्बन्धी आधारभूत ज्ञान प्रदान गरिनेछ ।                                                                                                                      ६. Blogger/WordPress, SEO Writing, Content Planning Blogger/WordPress, SEO Writing, Content Planning tyf Digital Content Publishing सम्बन्धी सीप सिकाइनेछ।
७. Personal Branding, Freelancing & Online Earning Personal Branding, Portfolio तथा Freelancing, Client Acquisition, Digital Services का सम्भावनाबारे व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।

प्रशिक्षणको अन्तिम चरणमा सहभागीहरूले आफूले सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा प्रयोग गर्दै Real–world Capstone Project तयार गर्ने अवसरसमेत पाउनेछन् ।

प्रशिक्षण अवधिमा सहभागीहरूले प्रस्तुत गर्ने सीप, कला, सिर्जनशीलता र उत्कृष्ट प्रस्तुतिका आधारमा पुरस्कारको समेत व्यवस्था गरिएको छ। प्रशिक्षण सफलतापूर्वक सम्पन्न गर्ने सहभागीहरूलाई ई–प्रमाणपत्र E–Certificateप्रदान गरिनेछ ।

प्रतिष्ठानले आदिवासी जनजाति समुदायका युवा तथा सिर्जनशील व्यक्तिहरूलाई डिजिटल प्रविधि, AI तथा नयाँ सञ्चार माध्यमको प्रभावकारी प्रयोगमार्फत ज्ञान, सीप, सिर्जना, उद्यमशीलता र रोजगारीका नयाँ अवसरसँग जोड्ने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विकास भइरहेको वर्तमान समयमा आदिवासी जनजातिका भाषा, संस्कृति, ज्ञान, कला, इतिहास तथा मौलिक पहिचानलाई डिजिटल माध्यममा अभिलेखीकरण, प्रवद्र्धन र विश्वव्यापीकरण गर्न समेत प्रशिक्षण उपयोगी हुने अपेक्षा गरिएको छ ।
आवेदन फाराम  https://nfdin-aitraining.gtechvision.com m लिङ्कबाट समेत भर्न सकिनेछ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;