अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समितिले जलश्रोत तथा उर्जा मन्त्रालयलाई जिल्ला प्रशासन मार्फत स्मरणपत्र पठायाे

,   लिम्बुवान न्युज
                       

ललितपुर, ११ असार ।  ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिकास्थित अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समितिले जिल्ला प्रसाशन कार्यालय, ताप्लेजुङमार्फत जलश्रोत तथा उर्जा मन्त्रालयलाई स्मरण पत्र बुझाएका छन् । मंगलबार संघर्ष समिति संयोजक बीरबल लिम्बूले  प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रालयलाई स्मरण पत्र बुझाएका हुन् ।

तमाेर नदीमा बन्न लागेकाे हाईड्रोपावर निर्माणस्थल याक्थुङ समुदायको मुन्धुमी क्षेत्र भएको हुँदा, पुर्खादेखी मान्दै  मुन्धुमी दर्शनबिरुद्ध हाईड्रोपावर निर्माण निन्दनीय भएको संघर्ष समितिको दाबि छ । स्मरण पत्रमा भनेका छन्, ‘हामीले आफ्नो दर्शनशास्त्रको रूपमा मुन्धुमलाई मान्ने गर्दछौं । जहाँ मुन्धुम छ, त्यहाँ मानव सभ्यता र संस्कृति भेटिन्छ । त्यस स्थलको रुपमा मुन्धुमले ब्याख्या गरेको र मानव सभ्यतासंग जोडिएको यस फक्ताङ्लुङ गाउँपालिका फक्ताङ्लुङ हिमालको नामबाट रहन गएको र फक्ताङ्लुङकाे आसपासबाट इम्बिरी थाङ्वामा/ताताम्वा/तमोर खोला मुख्य नदिको रुपमा बग्ने गरेको छ ।’

त्यसैगरी यस नदिले सिन्चित गरेको क्षेत्र यस गापाको ७ वटै वडाहरू (सावादिन,खेजेनिम, लिङ्खिम, इखाबु, तापेथोक, लेलेप र ओलाङ्चुङ गोला ) पर्दछ्न । त्यति मात्रै नभएर यस नदिसँग यहाँ उत्पत्ति कालदेखि नै बसोबास गर्ने विशेष गरि याक्थुङ लिम्बू समुदाय र अन्य गैर लिम्बू समुदायहरुसंग गहिरो सम्बन्ध रहेको पत्रमा स्पष्ट पारिएकाे छ । पछिल्लो समय यस क्षेत्रमा बिकासको ठुलो परियोजनाको नाममा बलमिच्याइ हाइड्रोपावरको गतिविधि अगाडी बढाइनुले आदिवासी रैथाने याक्थुङ लिम्बू लगायतका अन्य स्थानीय समुदायमा कुनै किसिमको जानकारी र मन्जुरी बिनै सरकार र ठूला राजनीतिक शक्तिको बलमा कम्पनीहरु मनाेपाेली अगाडी बढ्ने काम निन्दनीय रहेको उल्लेख छ ।

स्मरणपत्रमा ‘ऐतिहासिक नदिनाला, खोलासँग लिम्बू समुदायको जीवन, जीविका चलाउँदै आएको हुँदा नदिनाला र खोलाहरूको पबित्रता, गरिमा स्थानीय समुदाय, आदिवासी समुदायसँग गहिरो सम्बन्ध रहेको दाबि गरिएको छ । ‘यस क्षेत्रमा मुख्यतः इम्बिरी याम्थाङ्वा/थाङ्वामा नदि (तमोर नदी सभ्यता)र यस संगै थुप्रै सहायक खोलाहरु रहेको अवगत छ । खासगरी याक्थुङ/लिम्बुसमुदाय प्राकृतिपुजक भएको हुनाले आफ्नो मुन्धुम अनुसार पायक पर्ने स्थानमा खोला, नदिको पुजा, मुक्कुम्लुङमा जानू अघि पुजा र पानी लाने, माङ्दे/साक्मुरा वतेम्मा (गाली सराप बगाउने), सोघा तरङ उङ्मा (प्रेतहरुलाई बगाउने, छेक्ने) जस्ता अति महत्त्वपूर्ण अनुष्ठानहरु गर्दै आएका छौं । कतिपय गाउँमा पुस्तौ पुस्ता देखी, यी नदि, खोलामा खेङ्तेमा (वल्छी खेल्ने), फुत ताक्मा( ढोक्सा थाप्ने) र जीवन गुजारा तथा जीविकोपार्जन चलाउदै आएका छन् यस अर्थमा यी नदि तथा खोलाहरुको पबित्रता, गरिमा उतिकै यहाँको आदिवासी समुदसग गहिरो सम्बन्ध रहेको मान्दछौ ।’ उल्लेख छ ।

अन्तर्राष्ट्रिय मुल्यमान्यता, सन्धि, सम्झौता (आईएलओ १६९)द्वारा प्रदत्त अधिकार र नेपालको संविधान धारा २६, ३२ ले प्रदान गरेको अधिकार प्रत्याभूत गर्न माग गरिएको छ । आदिवासी जनजातिकाे जल, जंगल र जमिनमाथिकाे अग्राधिकारलाइ वेवास्ता गर्दै राजनीतिक सेटिङ र कमिशनको प्रलोभनमा बलमिच्याइँ फक्ताङलुङ क्षेत्रमा मात्र अपर तमाेर लगायत २२ वटा हाेइड्राेपावर निर्माणले मुन्धुमी सभ्यताकाे विनास हुने  भएकोप्रति स्थानीय प्रभावित समुदाय ससंकित भएको स्मरण पत्रमा उल्लेख छ ।

आन्दोलित स्थानीयले पहिलो चरणको आन्दोलनस्वरुप ज्ञापनपत्र बुझाएर काम रोक्न, रोकाउन अनुरोध गरेको पनि स्मरण गराएका छन् । यदि अपर तमोर हाइड्रोपावरले आफ्नो कामहरू अबिलम्ब नरोके चरणबद्ध आन्दोलन घाेषणा गरेर अघि बढ्ने चेतावनी दिएका छन् । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा स्वयम् हाइड्रोपावर कम्पनी, सराेकारवाला र सरकारले लिनुपर्ने समेत चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;