अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समितिले जलश्रोत तथा उर्जा मन्त्रालयलाई जिल्ला प्रशासन मार्फत स्मरणपत्र पठायाे

 लिम्बुवान न्युज
                       

ललितपुर, ११ असार ।  ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिकास्थित अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समितिले जिल्ला प्रसाशन कार्यालय, ताप्लेजुङमार्फत जलश्रोत तथा उर्जा मन्त्रालयलाई स्मरण पत्र बुझाएका छन् । मंगलबार संघर्ष समिति संयोजक बीरबल लिम्बूले  प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रालयलाई स्मरण पत्र बुझाएका हुन् ।

तमाेर नदीमा बन्न लागेकाे हाईड्रोपावर निर्माणस्थल याक्थुङ समुदायको मुन्धुमी क्षेत्र भएको हुँदा, पुर्खादेखी मान्दै  मुन्धुमी दर्शनबिरुद्ध हाईड्रोपावर निर्माण निन्दनीय भएको संघर्ष समितिको दाबि छ । स्मरण पत्रमा भनेका छन्, ‘हामीले आफ्नो दर्शनशास्त्रको रूपमा मुन्धुमलाई मान्ने गर्दछौं । जहाँ मुन्धुम छ, त्यहाँ मानव सभ्यता र संस्कृति भेटिन्छ । त्यस स्थलको रुपमा मुन्धुमले ब्याख्या गरेको र मानव सभ्यतासंग जोडिएको यस फक्ताङ्लुङ गाउँपालिका फक्ताङ्लुङ हिमालको नामबाट रहन गएको र फक्ताङ्लुङकाे आसपासबाट इम्बिरी थाङ्वामा/ताताम्वा/तमोर खोला मुख्य नदिको रुपमा बग्ने गरेको छ ।’

त्यसैगरी यस नदिले सिन्चित गरेको क्षेत्र यस गापाको ७ वटै वडाहरू (सावादिन,खेजेनिम, लिङ्खिम, इखाबु, तापेथोक, लेलेप र ओलाङ्चुङ गोला ) पर्दछ्न । त्यति मात्रै नभएर यस नदिसँग यहाँ उत्पत्ति कालदेखि नै बसोबास गर्ने विशेष गरि याक्थुङ लिम्बू समुदाय र अन्य गैर लिम्बू समुदायहरुसंग गहिरो सम्बन्ध रहेको पत्रमा स्पष्ट पारिएकाे छ । पछिल्लो समय यस क्षेत्रमा बिकासको ठुलो परियोजनाको नाममा बलमिच्याइ हाइड्रोपावरको गतिविधि अगाडी बढाइनुले आदिवासी रैथाने याक्थुङ लिम्बू लगायतका अन्य स्थानीय समुदायमा कुनै किसिमको जानकारी र मन्जुरी बिनै सरकार र ठूला राजनीतिक शक्तिको बलमा कम्पनीहरु मनाेपाेली अगाडी बढ्ने काम निन्दनीय रहेको उल्लेख छ ।

स्मरणपत्रमा ‘ऐतिहासिक नदिनाला, खोलासँग लिम्बू समुदायको जीवन, जीविका चलाउँदै आएको हुँदा नदिनाला र खोलाहरूको पबित्रता, गरिमा स्थानीय समुदाय, आदिवासी समुदायसँग गहिरो सम्बन्ध रहेको दाबि गरिएको छ । ‘यस क्षेत्रमा मुख्यतः इम्बिरी याम्थाङ्वा/थाङ्वामा नदि (तमोर नदी सभ्यता)र यस संगै थुप्रै सहायक खोलाहरु रहेको अवगत छ । खासगरी याक्थुङ/लिम्बुसमुदाय प्राकृतिपुजक भएको हुनाले आफ्नो मुन्धुम अनुसार पायक पर्ने स्थानमा खोला, नदिको पुजा, मुक्कुम्लुङमा जानू अघि पुजा र पानी लाने, माङ्दे/साक्मुरा वतेम्मा (गाली सराप बगाउने), सोघा तरङ उङ्मा (प्रेतहरुलाई बगाउने, छेक्ने) जस्ता अति महत्त्वपूर्ण अनुष्ठानहरु गर्दै आएका छौं । कतिपय गाउँमा पुस्तौ पुस्ता देखी, यी नदि, खोलामा खेङ्तेमा (वल्छी खेल्ने), फुत ताक्मा( ढोक्सा थाप्ने) र जीवन गुजारा तथा जीविकोपार्जन चलाउदै आएका छन् यस अर्थमा यी नदि तथा खोलाहरुको पबित्रता, गरिमा उतिकै यहाँको आदिवासी समुदसग गहिरो सम्बन्ध रहेको मान्दछौ ।’ उल्लेख छ ।

अन्तर्राष्ट्रिय मुल्यमान्यता, सन्धि, सम्झौता (आईएलओ १६९)द्वारा प्रदत्त अधिकार र नेपालको संविधान धारा २६, ३२ ले प्रदान गरेको अधिकार प्रत्याभूत गर्न माग गरिएको छ । आदिवासी जनजातिकाे जल, जंगल र जमिनमाथिकाे अग्राधिकारलाइ वेवास्ता गर्दै राजनीतिक सेटिङ र कमिशनको प्रलोभनमा बलमिच्याइँ फक्ताङलुङ क्षेत्रमा मात्र अपर तमाेर लगायत २२ वटा हाेइड्राेपावर निर्माणले मुन्धुमी सभ्यताकाे विनास हुने  भएकोप्रति स्थानीय प्रभावित समुदाय ससंकित भएको स्मरण पत्रमा उल्लेख छ ।

आन्दोलित स्थानीयले पहिलो चरणको आन्दोलनस्वरुप ज्ञापनपत्र बुझाएर काम रोक्न, रोकाउन अनुरोध गरेको पनि स्मरण गराएका छन् । यदि अपर तमोर हाइड्रोपावरले आफ्नो कामहरू अबिलम्ब नरोके चरणबद्ध आन्दोलन घाेषणा गरेर अघि बढ्ने चेतावनी दिएका छन् । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा स्वयम् हाइड्रोपावर कम्पनी, सराेकारवाला र सरकारले लिनुपर्ने समेत चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;