आजबाट यूरोकप २०२० को क्वाटरफाइनल शुरु

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १८ असार । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आज(शुक्रबार) देखि सुरु हुँदैछन् । दुईदिनको विश्राम सकिएपश्चात आजबाट खेल शुरु हुन लागेको हो । प्रिक्वाटरफाइनलमा रोमान्चक मोड लिदै विश्व विजेता फ्रान्स, साविक विजेता पोर्चुगल र ३ पटकको युरोकप विजेता जर्मनीलाई पाखा लगाउँदै ८ टिम क्वाटरफाइनलको लागि आजबाट प्रतिस्पर्धा गर्दैछन् ।

आजको पहिलो खेलमा पहिलोपटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीच हुँदैछ । खेल राती ९ः४५ बजे रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ ।

स्वीट्जरल्याण्डले यो ठूलो प्रतियोगितामा क्वाटरफाइनल खेल ६७ वर्षपछि खेल्दैछ । सन् १९५४ मा स्वीट्जरल्याण्डले विश्वकपको क्वाटरफाइनल खेलेको थियो ।

स्पेन २०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । सन् १९६४ को दोस्रो संस्करणको च्याम्पियन स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि जित्दै यस्तो उपलब्धि हासिल गर्ने पहिलो टिमको कीर्तिमान बनाएको थियो ।

दोस्रो खेल निक्कै रोमान्चक हुनेछ । फिपा रेङकीङ्गको नम्बर १ देश बेल्जियमले इटलीसँग प्रतिस्पर्धा गर्नेछ । राति १२ः४५ बजे हुने यो खेल जर्मनीको म्युनिकमा हुनेछ । दुवै टोली शतप्रतिशत जितसहित क्वाटरफाइनलमा पुगेको हो । यद्यपी अब हार्ने टोली यूरोकपबाट बाहिरीनु पर्नेछ ।

इटली लगातार ३१ खेलमा अपराजित छ । ११ खेलमा क्लिनसिट राखेको इटालीले पछिल्लो खेलमा अष्ट्रियाविरुद्ध गोल खाएको थियो । यूरोकपको समूहचरणको ३ वटै खेलमा गोल नखाई प्रिक्वाटरफाइनलमा पुगेको थियो । सन् १९६८ को विजेता इटली सन् २००० र २०१२ मा उपविजेता बनेको थियो ।

उता विश्व नम्बर वान बेल्जियमले साविक विजेता पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । बेल्जियमलाई गोल्डेन जेनेरेसनको रुपमा हेरिएको छ । तर केही जित्न सकेको छैन, यतिबेला केही खेलाडी घाइते भएको खबर बाहिर आएको छ । बेल्जियम १९८० मा युरोकपमा उपविजेता बनेको थियो । त्यसपछि युरोको तीन संस्करणमात्र खेलेको बेल्जियम पछिल्लो पटक क्वाटरफाइनलबाटै बाहिरिएको थियो । यो पटक बेल्जियमलाई उपाधी दावेदारको रुपमा हेरिएको छ ।

बाँकी दुई क्वाटरफाइनल खेल शनिबार हुनेछ । जसमा चेक रिपब्लिक र डेनमार्क भिड्नेछन् भने अन्तिम खेलमा युक्रेन र इंग्ल्याण्ड भिड्नेछन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;