एशियन च्याम्पियन भलिबलको लागि छानिए १८ खेलाडी, प्रशिक्षण जारी रहने

,   लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाल भलिबल संघ (एनभीए)ले एशियन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीको लागी बन्द प्रशिक्षणमा १८ महिला खेलाडी छनौट गरेको छ । शनिबार संघले २७ जना महिला खेलाडीबाट ९ जनालाई बाहिर राख्दै १८ खेलाडीलाई छनौट गरेको हो ।

अब संघले अन्तिम छनौटमा १८ जनाबाट १४ जनालाई टिममा स्थान दिने जनाएको छ । २७ खेलाडीहरुबाट सरस्वती जैसी, सृष्टि खड्का, संगम महतो, वाल्मीका आचार्य, शान्तिकला तामाङ, हीरा केसी, पूजा चौधरी, सरस्वती कट्टेल र रिमा कुँवर सहित ९ जना बाहिरिएका छन् ।

एशियन च्याम्पियनसिपको तयारीका लागी नेपाली टिमले असार १ गतेबाट प्रशिक्षण शुरु गरेको थियो । नेपाली टिमले आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिख अर्थात् भाद्र १३ गते देखि २० गतेसम्म फिलिपिन्समा आयोजना हुने एशियन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीका लागि प्रशिक्षण प्रशिक्षण शुरु गरेको हो ।

अन्तिम १८ मा परेका खेलाडीहरुमाः
प्रतिमा माली, सरस्वती चौधरी, शान्ती थारु, निरुता ठगुन्ना, उषा भण्डारी, सोफिया पुन, मनीषा चौधरी, कविता भट्ट, सुनीता खड्का, उषा विष्ट, सलीना क्षेष्ठ, सरस्वती जैशी, लक्ष्मी चन्द, रिया कुँवर, रेश्मा भण्डारी, अरुणा शाही, जानकी भण्डारी र कृपा अधिकारी छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;