युरो २०२० को १६औं संस्करणमा इटाली र इंग्ल्याण्ड भिड्दै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । युरो २०२० को १६ औं संस्करणको फाइनलमा उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने पक्का भएको छ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् ।

एक पटक युरो कप विजेता इटली ९ वर्षपछि फाइनल पुगेको हो । इटलीले यस अघि सन् १९६८ मा घरेलु मैदानमै युरोकपको उपाधि जितेको थियो । त्यसयता सन् २००० र २०१२ मा फाइनल पुगेको इटली पराजित भएको थियो ।

यता इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा पुगेको हो । उसले सन् १९६६ मा घरेलु मैदानमै विश्वकप जिते यता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको हो ।

११ देशका विभिन्न शहरहरुमा एकसाथ आयोजना भएको युरोकपमा यस पटक दुवै आयोजक राष्ट्रहरु फाइनल पुगेका छन् । समूह ए मा रहेको इटलीले समूह चरणको सबै खेल घरेलु मैदानमा खेलेको थियो । यसैगरी इंग्ल्याण्डले भने क्वार्टरफाइलबाहेकका सबै खेल घरेलु मैदान वेम्बलीमा खेलेको थियो ।

अब फाइनल खेल पनि आगामी आइतबार इंग्ल्याण्डले घरेलु मैदान वेम्बलीमा नै खेल्नेछ ।

समूह चरणको तीनवटै खेल जितेको इटलीले कुनै गोल खाएको थिएन । इंग्ल्याण्डले क्वार्टरफाइनलसम्म एक गोल पनि खाएको थिएन भने सेमिफाइनलमा एक गोल खायो ।

इटलीले फाइनल पुग्दा १२ गोल गरेको छ भने ३ गोल खाएको छ । उता इंग्ल्याण्डले अहिलेसम्म १० गोल गर्दा १ गोल मात्र खाएको छ । इंग्ल्याण्डका कप्तान ह्यारी केनले ४ गोल गरेका छन् उनी गोल्डेन बुटका दावेदार हुन् । सर्वाधिक गोल गर्ने सूचीको १ नम्बरमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका छन् उनको नाममा ५ गोल र १ असिस्ट रहेको छ ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...