नियारा प्रोडक्सनले एसवाइएनएससीलाई सिक्किममा दियो उपहार ‘लिम्बु पोषाक’

 लिम्बुवान न्युज
                       

सिक्किम । सिक्किममा नियारा प्रोडक्सनले उपहारस्वरूप ‘लिम्बू पोषाक’ एसवाइएनएससीलाई प्रदान गरेको छ । ‘नियारा प्रोडक्सन’का प्रमुख सामाजिक अभियन्ता नियारा सुब्बाका अनुसार एसवाइएनएससी लिम्बू भाषी विद्यार्थीहरूको राज्य स्तरीय संस्था हो ।

“हाम्रो प्रोडक्सनलाई यो संस्थाको सन् २०१६ को व्याचदेखि अहिलेसम्मकै ब्याचका सदस्यहरूले सक्रियातापूर्वक साथ दिँदै आइरहेका छन् । विशेष गरि सांस्कृतिक प्रस्तुतिहरूका लागि निरन्तर सहयोग पु¥याउँदै आइरहेको हुनाले पनि हामी कृतज्ञ छौं”–उनले भनिन् । “समयले सधैं साथ नदिए पनि यसपटक समय मिलाएका छौं, जुराएका छौं । त्यसैले वर्तमान कोरोना महामारीलाई ध्यानमा राख्दै सामाजिक दुरुत्वको नियम पालनका साथ यो सामान्य कार्यक्रम आयोजन गर्न सकेका छौैं ।”

कार्यक्रममा बोल्दै उनले भनिन् “आजबाट धन्यवाद तथा मायाको चिनो दिने परम्परा शुरुभएको छ यसलाई आगामी दिनमा पनि निरन्तरता दिने छौं । साथै उनले लिम्बु भाषा, लिपि र संस्कार संस्कृतिसँगै पोषाकलाई संरक्षण गर्दै अगाडि बढ्ने पनि प्रतिबद्धता गर्ने जनाइन् ।

प्रोडक्सनका प्रमुख सुब्बाले एसवाइएनएससी, एसवाइएसएस र चिन्मय मिसन (सिक्किम च्याप्टर) का सम्पूर्ण सदस्य साथै अन्य सहयोगीहरूप्रति पनि आभार प्रकट गरेकी छन् ।

आगामी दिनमा नियारा प्रोडक्सनले चाँड़ै ‘याक्थुङ इनाक’ (लिम्बू सिङ्गिङ आइडल) आयोजना गर्ने समेत सुब्बाले घोषणा गरेकी छन् । गीत संगीतको माध्यमद्वारा लिम्बू जातीबाट ‘सेलिब्रेटी’हरू जन्माउन सकौं भन्ने उद्देश्य राखिएको उनले बताएकी छन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...