अर्जेन्टिना कोपा अमेरिकाको च्याम्पियन, ब्राजिल घरेलु मैदानमा स्तब्ध

 लिम्बुवान न्युज
                       

एजेन्सी । अर्जेन्टिनाले ४७औं कोपा अमेरिका फुटबलको उपाधि चुमेको छ । आज (आइतबार) बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

ब्राजिलको माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरेका थिए । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरे । उनले रोड्रिगो डी पाउलको पासमा उत्कृष्ट गोल गरेका थिए ।

ब्राजिलले भने धेरैपटक अवसर पाएपनि अवसरलाई सदुपयोग गर्न सकेन । ब्राजिलको आक्रमणलाई अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्जिनेज बाधक बनेका थिए । अन्तत ब्राजिलले उपाधि घरमा राख्न असफल भयो ।

यो जीतसँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् । ३४ वर्षीय मेस्सीले सन्यास फिर्ता लिदै अर्जेन्टिनालाई उपाधि दिलाउन सफल भएका हुन् । मेसीले सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि सन्यास घोषणा गरेका थिए । तर, उनले सन्यास फिर्ता लिदै पुनः राष्ट्रिय टिममा फर्किएका थिए ।

२८ बर्ष पछि पहिलो पटक उपाधि जितेको अर्जेन्टिनाको यो १५ औं कोपा उपाधि हो । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा उपाधि जितेको थियो ।

उत्कृष्ट खेलाडीका साथै ४ गोल गर्दै हाइ स्कोरर समेत मेसीले हात पर्दा उत्कृष्ट गोलकिपर अर्जेन्टिनाका गोलकिपर मार्जिनेज बनेका छन् । फाइनल खेलको म्यान अफ दि म्याच भने एक मात्र गोल गर्न सफल अर्जेन्टिनाका डि मारियाले हात पारेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...