इन्स्टाग्राममा रोनाल्डोलाई पछि पार्दै मेस्सीको नयाँ किर्तीमान

 लिम्बुवान न्युज
                       

काठमाडौं। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जाल इन्स्टाग्राममा नयाँ कीर्तिमान बनाएका छन् । सामाजिक संचाजलमा उपाधि जितेपछि उनले राखेको फोटोमा सबैभन्दा बढी लाइक आएसँगै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।

स्टार खेलाडी मेस्सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेपछि राखेको फोटोमा २ करोडभन्दा बढी लाइक्स आएको छ । यो हालसम्मकै सर्वाधिक लाइक्स गरिएको फोटो हो ।

उक्त तस्बिरमा मेस्सीले एक्लै बसेर सिल समातेका छन् । यस्तै ग्रुपका तस्बिरले भने ११ मिलियन लाइक पाएको छ । २८ बर्षपछि हालैमात्र मेस्सीको नेतृत्वमा अर्जेन्टिनालाई २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको छ । यो जितसँगै सन्यास लिईसकेपछि पुनरागमन भई अन्तर्राष्ट्रिय उपाधी जित्ने खेलाडी समेत बनेका छन् ।

यसअघि सर्वाधिक धेरै लाइक गरिएको फोटोमा रोनाल्डोले पोष्ट गरेको फोटोलाई मानिएको छ । रोनाल्डोले गतवर्षको नोभेम्बर २५ मा महान फुटबलर म्याराडोनालाई श्रद्धाञ्जली दिँदै एउटा फोटो राखेका थिए त्यो फोटोले इन्स्टाग्राममा १ करोड ९८ लाख लाइक पाएको थियो ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...