दुई जना भारतिय नागरिक नोट सहित पक्राउ

 लिम्बुवान न्युज
                       

मोरङ, ९ साउन । मोरङ बिराटनगर १७ मटेरुवा चोक स्थितबाट भारतिय र अमेरिकी डलर सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउ का ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोयलाई पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो १ बजे भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरुको साथबाट चोकजाँचको क्रममा अतुलको साथबाट भारतिय नोट ५०० को २०० थान १ लाख र सन्दिपको साथबाट भारतिय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान, २० को ५ थान, १० को १ थान, र १ को ४ थान सहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धान सहित आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाईएको १ नम्बर प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । (तस्वीरः १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरकाे फेसबुक पेजबाट)

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...