दुई जना भारतिय नागरिक नोट सहित पक्राउ

 लिम्बुवान न्युज
                       

मोरङ, ९ साउन । मोरङ बिराटनगर १७ मटेरुवा चोक स्थितबाट भारतिय र अमेरिकी डलर सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउ का ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोयलाई पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो १ बजे भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरुको साथबाट चोकजाँचको क्रममा अतुलको साथबाट भारतिय नोट ५०० को २०० थान १ लाख र सन्दिपको साथबाट भारतिय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान, २० को ५ थान, १० को १ थान, र १ को ४ थान सहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धान सहित आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाईएको १ नम्बर प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । (तस्वीरः १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरकाे फेसबुक पेजबाट)

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...