टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनल ड्र प्रकाशित

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। जापानको टोकियोमा जारी ओलम्पिक खेलकुद अन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनलको ड्र प्रकाशित भएको छ । आयोजकले सेमीफाइनल प्रवेशका लागि ड्र घोषणा गरेको हो ।

समूह चरणका खेल सकिएपछि अन्तिम आठको समीकरण पुरा भएको छ । अब प्रतियोगितामा अन्तिम आठबाट क्वार्टरफाइनल खेलबाट सेमीफाइनल र फाइनल खेल बाँकी छन् ।

अन्तिम आठमा समूह ए बाट जापान विजेता र मेक्सिको उपविजेता बनेका छन्, समूह बि बाट साउथ कोरिया विजेता, न्यूजिल्याण्ड उपविजेता बनेका छन्, समूह सीबाट स्पेन समूह विजेता र इजिप्ट उपविजेता बनेका छन् । त्यसैगरी समूह डीबाट ब्राजिल विजेता र आइभरी कोष्ट उपविजेताको रुपमा क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

उपाधी दाबेदार दुई टिम फ्रान्स र अर्जेन्टिना भने समूह चरणबाटै आउट भएका छन् । अन्तिम खेलमा स्पेनसँग बराबरीमा रोकिएको अर्जेन्टिना गोलअन्तरमा पछि पर्दै आउट भएका छन् ।

आयोजकले सार्वजनिक गरेको ड्र अनुसार क्वार्टरफाइनल खेलमा आयोजक जापनले न्युजिल्याण्डको सामना गर्नेछ भने स्पेनको विरुद्ध आइभरी कोष्ट, ब्राजिलको विरुद्ध इजिप्ट र साउथ कोरियाको विरुद्ध मेक्सिको बिच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...