मृगौला पिढीत मगरलाई दक्षिण कोरियाबाट १ लाख आर्थिक सहयोग

 लिम्बुवान न्युज
                       

पाँचथर। दुवै मृगौला फेल भई उपचार गराईरहेकी पाँचथर फालेलुङ ५ की शान्तिमाया ग्याङ्मी मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुले उपचारमा सहयोग पुगोस् भनी १ लाख रुपैयाँ रकम सहयोग गरेका हुन् ।

फिदिममा एक कार्यक्रम गरी पिढीत मगरका छोरा दिपेश मगरलाई नेपालका लागि संयोजक कविता चोङबाङले रकम हस्तान्तरण गरेकी छिन् । पिढीत महिलाको झापाको विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचार भईरहेको छ । विरामीको डाइलोसिस गर्ने अहिले प्रत्येक दिन ५ हजार रुपैयाँ लाग्ने छोरा दिपेशले बताए ।

उक्त रकम पाँचथर याङवरक ३ का मनिकुमार सेलिङको संयोजकत्वमा हाल दक्षिण कोरियामा कार्यरत मनकारीहरुबाट आर्थिक सहयोग रकम उठाईएको नेपालकी संयोजक चोङवाङले वताइन् ।

कोरियाबाट आर्थिक सहयोग गर्नुहुने मनकारीहरु संयोजक लिम्बु सहित सन लिम्बु, सन्तोष सेर्मा, देवेन लिम्बु, दिनेश लिम्बु, खेमराज लिम्बु, राज नेम्बाङ, मनकुमार मोक्तान, अनिल थाम्सुहाङ, तिलक लावती, जनिल लिम्बु, आत्मा पुरुष र सन्जय क्षेत्री रहेका छन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...