बेलायतका प्रधानमन्त्री जोन्सनले दिए राजीनामा

 लिम्बुवान न्युज
                       

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जनाभन्दा बढीले राजीनामा दिएपछि जोनसनको बहिर्गमन अवश्यभावी भएको थियो। सुरूमा अन्तिमसम्म लड्ने बताएका जोनसनलाई उनकै विश्वासपात्रहरूले राजीनामा दिने भनेका थिए।

जोनसनको राजीनामासँगै अब बेलायतमा सत्तारूढ कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्ने प्रक्रिया सुरू हुनेछ। ‘उनको राजीनामा अपरिहार्य थियो,’ कन्जरभेटिभ पार्टीका उपाध्यक्ष जस्टिन टमलिन्सनले ट्विटरमा भने। ‘पार्टीको रूपमा हामीले चाँडै एकजुट हुनुपर्दछ र महत्त्वपूर्ण कुराहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। यो धेरै मोर्चाहरूमा गम्भीर समय हो।’  (नागरिक अनलाइनले प्रकाशन गरेकाे)

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...