प्रदेश सरकारबाट पुरस्कृत हुँदै आङ्थुपो

 लिम्बुवान न्युज
                       


असार २६, चुलाचुली । इलाम जिल्ला चुलाचुलीमा रहेर डेढ दशक भाषा, साहित्य तथा रंगमञ्चमा कृयासिल चेतन आङ्थुपो यस पटकको नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कार –२०७९ बाट पुरस्कृत तथा सम्मानित हुने भएका छन् ।
प्रदेश १ भित्रका भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा अनवरत रुपमा योगदान पु¥याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले प्रत्येक बर्ष स्रष्टाहरुलाई सम्मान गर्ने गरेको छ ।
बचपनदेखि नै लेखन र अभिनयमा रुचि राखेका आङ्थुपोले बिं.सं. २०६० साल देखिनै परम्परागत नाट्य शैलीमा अभिनय गर्दै कक्षा ९ मा अध्ययनरत हुँदै रंगमञ्चीय यात्रा शुरु गरेका थिए ।
उनले “अमर ज्योति“, “आर्दश जीवन“, “मुटुुको ब्यथा“ जस्ता नाटकहरुमा अभिनय गर्दै उनले नाटकलाई अझ नजिक बनाएका थिए ।
चुलाचुलीमा बि.सं २०४२ साल यता देखि नेपाली रंगमञ्चको इतिहास रहेको पाइएता पनि २०६५ सालमा आङ्थुपोद्वारा निर्देशित “परिवर्तन“ नामक पहिलो सडक नाटकबाट चुलाचुलीको भौगोलिक परिवेशमा नाटक क्षेत्रको नयाँ शैली प्रवेश भएको थियो ।
आफू साहित्यको बिद्यार्थी भएता पनि समाजलाई थप मनोरञ्जन प्रदान गर्न श्रब्य दृश्य अन्तर्गत नाटक रोजेको बताउँछन उनी, “म साहित्यको विधार्थी, मलाई जतिवेला श्रव्य सिर्जनाहरुले समाज प्रति अर्थात् गाउँको परिवेशलाई ध्यान आर्कषण नगरेको होकी जस्तो लागेर मैले समाजलाई सजिलो र थप मनोरञ्जन दिने माध्यम खोजे त्यो माध्यम नै थियो –नाटक । मैले नाटक मार्फत समाजलाई हाम्रो कथा अनि कविता सजिलै दृश्य मार्फत बुझाउन सकिने भएकाले नाटक नै रोजे र यहि काम गर्दै आएको हुँ ।”
आङ्थुपो आफू मात्र रंगमञ्चमा रमाएनन उनले सयौं युवा युवतीहरुलाई सपना देखाए अनि रंगमञ्चमा बाँच्न सिकाए । उनले कला मार्फत समाजलाई सधै विकृती र विसङ्गतीको बिरुद्ध सचेत मात्र बनाएनन कुलतमा फसेका युवाहरुलाई सिर्जनशील सम्म बनाउन भ्याए ।
उनी बिं.स. २०६६ सालमा उनी द्वारा निर्देशित बाल श्रमिकहरुको विषयमा “मानेको एउटा देश” नाटक गर्दा, स्थानीय विद्यालयका शिक्षकहरुले नाटकलाई विद्यालयमा प्रतिवन्ध लगाएको सम्झन्छन अनि २०६७ सालमा “आवरणको युग बोल्छ“ नाटक गर्न १२ घण्टा पैदल यात्रा गरेर झापा, मोरङ, इलाम र पाँचथर गरि ४ जिल्ला पुगेको सम्झन्छन् ।

उनी थप्छन “ बिगतले सधै मलाई झक्झक्याइ रहन्छ । राम्रो काम गर्ने उर्जा दिई रहन्छ । “ आवरणको युग बोल्छ“ नाटक प्रदर्शन गरि रहदा झापामा कयौ घण्टा हिरासतमा थुनिएका थियौ । हामिले आफ्नै समूहबाट “नयाँ बाटो नयाँ पाइला” पत्रीका निकाल्ने गर्थ्यौ र दिनभरको तातो घाममा बजार बाट फर्कने मान्छे कुरेर बस्थ्यौ । कतिले ५ रुपैयाँमा किनेर लग्थे र धेरै जसो किन्न मान्दैनथे । उनिहरुलाई हामी “ सक्नु हुन्छ भने पैसा दिनुस सक्नु हुन्न भने फ्री मा लगेर पढिदिनुस“ भनेर दिई पठाउथ्यौ । “
आङ्थुपोकै नेतृत्वमा चुलाचुलीमा अहिलेको नाट्य शैली “ब्लाक बक्स“ भित्र्याइएको थियो । बिं.सं २०७० मंसिर १९ गते उनी द्वारा निर्देशित नाटक “किपोट“ मार्फत चुलाचुलीले नाटकको नयाँ स्वाद चाखेको थियो ।
हाल सम्म आङ्थुपो द्वारा लिखित तथा निर्देशित २ दर्जन भन्दा बढी नाटकहरु मञ्चन भएका छन् । जस मध्ये डेढ दर्जन सडक नाटक रहेका थिए भने किपोट (२०७०), सुुविउ चरी (२०७१), देवाङ्सी राजा (२०७३), खाल्डो (२०७४), माङ्गेना (२०७६) रिठ्ठुु (२०७७) र सिमिक्वा (२०७९) उनी द्वारा लिखित तथा निर्देशित “ब्लाक बक्स“ का स्टेज नाटकहरु थिए ।
जस मध्ये नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिस्ठान द्वारा आयोजित राष्ट्रिय नाटक महोत्सवमा देवांसी राजा (२०७३), खाल्डो (२०७४) र सिमिक्वा (२०७९) छनौटमा परि मञ्चन भएको थियो भने २०७६ मा आयोजित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा “मांगेना“ नाटक मञ्चन भएको थियो ।
“डर्जन मर्डर ग्रुप“ देखि “नयाँ बाटो नया पाइला नाट्य समूह” र हाललाई “चुलाचुली रंगमञ्च“ का संस्थापक अध्यक्ष समेत रहेका आङ्थुपोले विभिन्न म्युजिक भिडियो लगायत “सेवारो बाजे” नामक वेव सिरिज निर्देशन गरिसकेका छन् ।
बि.सं. २०४३ फाल्गुण ५ गते इलामको चुलाचुली ४ स्थित शान्ती चौकमा जन्मिएका आङ्थुपोले साहित्य विदामा विभिन्न संयुक्त कृतिहरु प्रकाशित गरेका छन् भने “नयन प्रीती “ नामक लघु उपन्यास उनको प्रकाशित कृति हो । यससँगै उनी विभिन्न साहित्यिक संस्थाहरुमा समेत आवद्ध रहेका छन् ।
उनी पत्रकारिताको क्षेत्रमा पनि आफ्नो अलग्गै पहिचान बनाइसकेका आङ्थुपो चुलाचुली मिडियाद्वारा सञ्चालित अनलाईन पत्रिकाको सम्पादक समेत रहेका छ्न ।
मण्डला थिएटर नेपाल, काठमाण्डौं बाट २०६४ र २०७५ मा भएको दुई बर्षे नाट्य कोर्स गरेका उनी पन्ध्र दिने आदिवासी फिल्म स्क्रिप्ट लेखन गरेको अनुभव र विभिन्न नाट्य संस्थाहरुसँंग सहकार्यमा काम गरेको लामो अनुभव बताउँछन ।
उनी लगायत प्रदेश नं १ बाट जम्मा १९ जना स्रष्टा पुरस्कृत तथा सम्मानित हुने प्रदेश सरकारले जनाएको छ ।
स्रष्टा सम्मानका लागि मन्त्रालयद्वारा गठित छनौट समितिले नाम छनौट गरेको आधारमा सम्मान गर्न लागिएको पर्यटन तथा संस्कृति मन्त्रालयका संस्कृति तथा पुरातत्त्व शाखाले जनाएको छ ।
स्रष्टाहरुलाई नगद राशी सहित सम्मान समारोह भोलि असार २७ गते मंगलबार विराटनगरस्थित आरोहण गुरुकुलमा हुनेछ बताइएको छ ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...