दमक नगरको नीति तथा कार्यक्रमसहितको बजेट पारित नभई स्थगित

 लिम्बुवान न्युज
                       


दमक, लि.ख. । दमक नगरपालिकाले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमसहितको वजेट पारित नभई स्थगित भएको छ । आज अपरान्ह बसेको परिषद बैठकमा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिहरुको विरोधका कारण प्रस्तुत वजेट पारित हुन नसकेको हो । प्रमुख ,उपप्रमुखमा हारेपनि दमकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु बहुमतमा छन् ।
दिउँसो १ वजे बोलाईएको बैठक करिव १ घण्टा पछि २ वजे नगरसभा प्रारम्भ गर्दै सभाध्यक्ष तथा नगर प्रमुख राम कुमार थापाले सभामा नीति तथा कार्यक्रमसहित वजेटको कार्यसूची पेश गरेका थिए । कार्यसूची प्रांरम्भ हुन साथ बहुमतमा रहेका एमालेका जनप्रतिनिधिहरुले विरोधमा उत्रिएका थिए ।
सभाको प्रारम्भमा गत असार १० गते सभामा नगर उप प्रमुख तथा बजेट तर्जुमा समितिकी संयोजक रेगिना भट्टराई प्रसाईले पेश गरेकी बजेट , नीति तथा कार्यक्रममा छलफल शुरु भएको थियो । छलफल अघि नै नगरसभा सदस्यहरुले त्यस सम्बन्धी लिखित रुपमा नगर प्रमुख समक्ष समक्ष सुझाव पेश गरेका थिए । यसका लागि गत असार २० गते सम्मको समय निर्धारण गरिएको थियो ।
त्यसैबेला लिखित सुझाव पेश गरेका सभासद तथा नगरसभामा सहभागी अन्य सभासदहरुले सभामै उभिएर सुझाव पनि राख्न भ्याँए । सभाध्यक्षकै अनुमति पाएपछि नगरसभासदहरु कमल श्रेष्ठ, नरेश बन्जरा, चन्द्रकला विक, ललित बिक, प्रकाश बुढाथोकी र टीकामाया ठटालले आ–आफनो धारणा राखेका थिए ।
सबैका लागि आफ्ना राय र सुझाव राख्न भनेर नगरभादक्ष थापाले ५ मिनेटको समयावधि छुट्याइदिएका थिए । निर्धारित समयसीमामा आफना सुझाव राख्ने क्रममा सदस्य श्रेष्ठले बढी समय लिएपछि सभाध्यक्षको आदेशमा बन्द गराइएको थियो । आफुले लेखेर ल्याएका सुझावहरु नगरसभामा सुनाउन समेत समय नपाएकोमा सदस्य श्रेष्ठले आपत्ति जनाएका थिए । त्यसपछि अन्य सभासदस्यहरुले आ आफ्नो राय पेश गरेका थिए ।
नगरसभामा राय तथा सुझाव पेश भएपछि सभाध्यक्षक्ष्ले बजेट तर्जुमा समितिकी संयोजक तथा उप–प्रमुख भट्टराईलाई रोष्टममा उभिएर बजेट पास गर्ने प्रस्ताव प्रस्तुत गर्न निर्देशन दिए । भट्टराईले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम पारित गर्नका लागि भनेर सभामा पेश गरिन् ।
यसपछि सभाध्यक्षले सभासदहरुलाई बजेट पास गर्न संकेत गरे । बजेट पास गर्दछु भन्नेहरुले हात उठाउँनुस भन्दा सिमित अर्थात कम संख्यामा मात्रै हात उठ्यो । अधिकांसको हात नै उठेन । हुदैन भन्नेले हात उठाउनुस भन्दा सभामा रहेका अधिकांस सभासदस्यहरुले हुदैन भन्ने संकेत गर्न आ आफ्नो ठाउँबाटै उठेका थिए । तर सभाध्यक्ष वजेट पास भएको भनेर घोषणा गरे । सभाको बहुमतले पास नगर्नेमा संकेत गर्दा पनि सभाध्यक्षले जवरजस्ती बजेट पास भएको घोषणा गरेपछि सिटमा बसिरहेका सभासदहरु आफ्नो सिट छोडेर अगाडी आए । सभाध्यक्षको चर्को बिरोध गरे ।
चर्को बिरोध र भनाभन पछि अन्तत सभाध्यक्ष तथा नगर प्रमुख थापाले सोमबारको सभा स्थगित गरेका थिए । सबैको राय र सुझावलाई मध्यनजर गर्दै असार १० गते नगरसभामा पेश गरिएको बजेट, नीति तथा कार्यक्रमलाई परिमार्जन गरि असार २९ गते पूनः नगरसभामा पेश गरिने भनी बैठक स्थगित गरिएको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...