याक्थुङ् लेखक संघ उपत्यका समितिको प्रथम अधिवेशन सम्पन्न

 लिम्बुवान न्युज
                       


दमक, ३२ असार ।  याक्थुङ लेखक संघ (यालेस) उपत्यका कार्य समितिको प्रथम अधिवेशनबाट लेखिका शनि लिम्बू अध्यक्षमा निर्वाचित भएका छन् ।

शुक्रबार कोटेश्वरस्थित होटल रत्नज्योतिमा सम्पन्न अधिवेशनले लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो । नव निर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सुनिल आङ्बो, उपाध्यक्ष उत्तम लिम्बू, इन्दु फोम्बो, सचिव मञ्जु थेगिम, सहसचिव संगीन नेम्बाङ र कोषाध्यक्ष मनमाया वनेम निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा संगीता सुहाङ, सुरज मादेन, सुस्मिता लाओती, राजा माबो, चाहना कुगेनाम्बा, सुजन आङदेम्बे र बीरेन्द्र थाम्सुहाङ निर्वाचित भएको नव निर्वाचित वरिष्ठ उपाध्यक्ष सुनिल आङ्बोले बताए ।

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...