चुलाचुलीमा अर्नाखाडी गोल्डकप हुने

,   लिम्बुवान न्युज
                       


चुलाुचली, १५ साउन । चुलाचुली २ अर्नाखाडीमा ‘अर्नाखाडी गोल्डकप २०७९’ हुने भएको छ । अर्नाखाडीस्थित युवा समूहको आयोजनामा यहि साउन २१ गतेबाट २८ गतेसम्म खेल संचालन गरिने पत्रकार सेम्मलेनमा जनाइएको छ ।

अर्नाखाडीका युवाहरुको सक्रियतामा संचालित यूवा समूहले पत्रकार सम्मेलन गर्दै गोल्डकपको आयोजना गर्न लागेको जनाएको हो । प्रतियोगितामा ईलाम, झापा र मोरङका गरी जम्मा ८ टिमको सहभागिता रहने सम्मेलनमा वताइएको छ ।

गोल्डकप विजेताले नगद ५० हजार, ट्रफी र प्रमाण–पत्र पाउने छ भने उपविजेता टिमले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

सो खेलको अफिसिय मिडिया इलाम टाइम्स रहेको छ । सबै खेलको प्रत्यक्ष प्रसारण इलाम टाइम्सको अफिसियल फेसबुक पेज र युट्युब च्यानलबाट हुनेछ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;