चुलाचुलीमा अर्नाखाडी गोल्डकप हुने

 लिम्बुवान न्युज
                       


चुलाुचली, १५ साउन । चुलाचुली २ अर्नाखाडीमा ‘अर्नाखाडी गोल्डकप २०७९’ हुने भएको छ । अर्नाखाडीस्थित युवा समूहको आयोजनामा यहि साउन २१ गतेबाट २८ गतेसम्म खेल संचालन गरिने पत्रकार सेम्मलेनमा जनाइएको छ ।

अर्नाखाडीका युवाहरुको सक्रियतामा संचालित यूवा समूहले पत्रकार सम्मेलन गर्दै गोल्डकपको आयोजना गर्न लागेको जनाएको हो । प्रतियोगितामा ईलाम, झापा र मोरङका गरी जम्मा ८ टिमको सहभागिता रहने सम्मेलनमा वताइएको छ ।

गोल्डकप विजेताले नगद ५० हजार, ट्रफी र प्रमाण–पत्र पाउने छ भने उपविजेता टिमले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

सो खेलको अफिसिय मिडिया इलाम टाइम्स रहेको छ । सबै खेलको प्रत्यक्ष प्रसारण इलाम टाइम्सको अफिसियल फेसबुक पेज र युट्युब च्यानलबाट हुनेछ ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...