उर्लाबारीको महासंघ नगर समन्वय परिषद् अध्यक्षमा समशेर लिम्बू सर्वसम्मत

 लिम्बुवान न्युज
                       

उर्लाबारी, १५ साउन । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको अध्यक्षमा समशेर लिम्बू सर्वसम्मत चयन भएका छन् ।

समितिका उपाध्यक्षहरुमा क्रमशः सूर्य माझी, नारायण धिमाल र सुकुनमुनी बेस्रा, सचिव नारायण चाम्लिङ राई, सहसचिवहरुमा क्रमशः महेशकुमार शाक्य, अञ्जु लिम्बू र सुशिला मगर, कोषाध्यक्षमा रीता तामाङ सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै समितिका सदस्यहरुमा क्रमशः गणेशकुमार मगर, तारा श्रेष्ठ, डुक्चे भोटे, बबिता दनुवार, कमल गुरुङ, मनिराज देवान, शिरमाया धिमाल, कविता याक्दा, भीमबहादुर माझी, विरेन्द्र मार्डी, सीता भूजेल र गजेन्द्र तामाङ रहेका छन् ।

लेखा समिति संयोजकमा खगेन्द्रबहादुर भूजेल, सदस्यहरु क्रमशः मनकुमारी राई र नरबहादुर गुरुङ चयन भएका निर्वाचन समिति संयोजक रुद्रबहादुर तामाङले जानकारी दिए । निर्वाचन समितिमा सावित्रा याक्खा र रामकुमार राई सदस्य रहेका थिए ।

शनिबार नवनिर्वाचित समितिलाई पद हस्तान्तरण गर्न आयोजित एक समारोहका बीच प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले नेपालका विविध जाति, भाषा, संस्कृति र पहिचानको समष्टी रूप नै नेपाल भएको बताए ।

सबैको पहिचान स्वकिार नगरिएसम्म देशको एकता बलियो नहुने भन्दै उनले एकले अर्कोको पहिचान स्वीकार्न सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका बीच उर्लाबारी नगरका जेष्ठ आदिवासी जनजाति वृद्धवृद्धालाई नगद र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

समारोहलाई उर्लाबारी नगरपालिकाकी उपमेयर मिनाकुमारी खतिवडा, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष लहरु जिमी याक्खा, महासंघ प्रदेश नम्बर १ का अध्यक्ष ध्रुव मेन्याङ्बो, धिमाल जातीय विकास केन्द्रका महासचिव मातृका धिमाललगायतले सम्बोधन गरेका थिए ।

मणिलाल श्रेष्ठको अध्यक्षतामा उर्लाबारी उद्योग बाणिज्य संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...